काठमाडौं । ‘अतिथि देवो भवः अभियानअन्तर्गत नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली संघबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन आनन्दप्रसाद पोखरेल, मन्त्रालयका सचिव प्रेमकुमार राईको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र संघका उपाध्यक्ष भवन भट्टबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सझदारीपत्रमा सफा, सुन्दर र सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा विश्वभरि चिनाउन बोर्ड र संघले रु २०÷२० लाख स्थिर पूँजीका रुपमा राखी एउटा अक्षयकोष खडा गर्ने उल्लेख छ ।
संघको कार्यालय रहेको ७५ भन्दा बढी देशमा नेपाल विश्वमा घुम्नैपर्ने सुन्दर पर्यटकीय देश भन्ने सन्देश फैलाउने बताइएको छ । त्यस्तै नेपाल सफाका साथै राम्रो अतिथि सत्कार भएको विश्वमा चिनाउने अभियानको उद्देश्य रहेको छ ।