Logo

यूएस वंगलाले शुरु गर्यो काठमाडौं-ढाका उडान, भाडा रु.२५ हजार ७ सय

यूएस वंगलाले शुरु गर्यो काठमाडौं-ढाका उडान, भाडा रु.२५ हजार ७ सय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यूएस वंगला वायु सेवाले आफ्नो प्रथम अन्तराष्ट्रिय उडान ढाका -काठमाडौं -ढाका मार्गमा शुरु गरेको छ । यूएस वंगला वायु सेवाले काठमाडौं ढाका रुटमा आइतवारदेखि शुरु गरेको हो ।

वायु सेवाको पहिलो उडानको जन गणतन्त्र वंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्री रसिड कान मिननले हजर्ट शाहजलाल अन्तराष्ट्रिय विमानस्थलमा उद्दघाटन गरे ।त्यस्तै नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले काठमाडौं ढाका उडानको उद्घाटन गरे ।

उद्घाटन उडान काठमाडौंबाट ७८ जना यात्रुहरु बोकेर बम्वार्डियर निर्मित ड्यास – ८ क्यु ४०० सेरिजबाट वंगलादेशको राजधानी ढाकास्थित सो विमानस्थल पुगी शुरुवात गरिएको थियो । उक्त उडान काठमाडौंबाट ढाकाका लागि ५ः१० मा छुटेको थियो ।

शुरुमा उक्त उडान ढाकाबाट आईतबार, मंगलबार र बिहिबार दिनको ३ बजे शुरु हुनेछ र काठमाडौंमा यहाँको स्थानीय समय अनुसार दिनको ४ः३० मा आई पुग्नेछ । सोही उडान काठमाडौंबाट ५ः१० मा फिर्ता हुनेछ भने बेलुका ७ः१० मा ढाका पुग्नेछ । उक्त उडानको न्युनतम भाडा कर तथा अन्य शुल्क समेत गरी काठमाडौं ढाका काठमाडौंको दोहोरो भाडा रु. २५ हजार७ सय ६३ कायम गरिएको छ भने एकतर्फी भाडा रु. १३ हजार२ सय७१ कायम गरिएको छ ।

बंगलादेशमा सफलतापुर्वक आन्तरिक उडान संचालन भएपछि यस यु.एस. वंगला विमान सेवाले यसको पहिलो अन्तराष्ट्रिय उडान काठमाडौंमा शुरुवात गरेको हो । निकटभविष्यमा यसले धेरै अन्तराष्ट्रिय गन्तव्यमा उडानको शुरुवात गर्ने बताएको छ । यसको शुरुवात देखि नै यसले आत्मनिर्भतामा एउटा ठोस प्रतिष्ठा कमायो र एकतर्फी प्रस्थान विन्दुबाट नै यात्रुहरुको स्वीकृति प्राप्त गरेका िथियो ।

हालै, यस यु.एस. बंगला विमान सेवाले ३ वटा क्यानेडियन बम्बाडियर निमिन नयां पुस्ताको ड्यास– ८ क्यु ४०० सेरिज विमानहरु संचालन गर्दैछ । जुलाई महिनाभित्रमै यसको वायुयान संख्यामा २ वटा बोइगं ७३७–८०० वायुयानहरु थपिनेछन् र नोभेम्बर भित्रमा अन्य २ वटा ७३७–८०० वायुयान लगायत अन्य ड्यास– ८ क्यु ४०० समेत खरिद गर्ने योजना रहेको छ ।

यस यु.एस. बगंला विमान सेवाले यसको सेवाको शुरुवात १७ जुलाई २०१४ बाट गरेको हो । हाल यस यु.एस. बंगला विमान सेवाले ढाका, चित्तागंगलगायतबाट सेवा दिइरहेको छ ।
यसको उद्घाटन समारोह संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेम कुमार राई, नेपाल नागरिक उड्डयन प्राधिकरणका माहनिर्देशक संजिव गौतम र नेपालका लागि बंगलादेशका महामहिम राजदुतलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्