Logo

लुम्बिनीको बिश्व शान्ति द्धिपको ज्योति सगरमाथामा, एक साथ बिश्वमञ्चमा प्रचार गर्ने उद्देश्य

लुम्बिनीको बिश्व शान्ति द्धिपको ज्योति सगरमाथामा, एक साथ बिश्वमञ्चमा प्रचार गर्ने उद्देश्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विश्व शान्ति द्धिपको ज्योती सगरमाथा आधार शिविरसम्म लैजाने कार्यक्रम आइतवारदेखि शुरु भएको छ । शान्ति द्धिपको ज्योती सगरमाथा आधार शिबिर सम्म लगेर लुम्बिनी र सगरमाथालाई एक साथ बिश्वमञ्चमा प्रचार गर्ने उद्देश्यका साथ कार्यक्रम शुरु गरिएको हो ।

सो अवसरमा लुम्बिनीमा ओलम्पियनहरु बैकुन्ठ मानन्धर,कृष्ण बस्नेत ,खडग रानाभाट,अन्तर्राष्ट्रिय खेलाडी शाहबानु खानलाई बिश्व शान्ति द्धिपको ज्योती लुम्बिनी बिकाश कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रेय महाथेरो ,लुम्बिनी बिकाश कोषका सदस्य सचिब अजितमान तामांग र चिनिया तथा थाई बौद्ध बिहारका प्रमुखहरुले हस्तान्तरण गरे ।

शान्ति द्धिपको ज्योती सहीत ओलम्पियन एबं धाबकहरु मायादेबी मन्दीर,अशोक स्तम्भ र पबित्र पुष्करनी कुण्डलाई तिन पटक परीक्रमा गरी लुम्बिनीमा रहेका बिभिन्न स्वदेशी एबं बिदेशी बिहारमा पुगेका थिए । त्यस लगत्तै ज्योती सहीतको टोली कपिलबस्तु तिलौराकोटा,पबित्र बाण गंगा नदि हुदै पुनह लुम्बिनीबाट भैरहवा हुदै बुद्धअस्तु धातु रहेको स्थल रामग्राम (परासी) हुदै सडकमार्ग बाट काठमाण्डौ तर्फ लागेका छन् ।

ज्योतीलाई सोमबार काठमाण्डौ बौद्धनाथ ,स्वयम्भु नाथमा बिशेष पुजा गरी सगरमाथा आधार शिबिरका लागी प्रस्थान गर्ने कार्यक्रम रहेको छ । ज्योती सहीत ओलम्पियनहरु सल्लेरी,फाप्लु,लुक्ला,नाम्चे बजार,स्यांगबोचे हुदै मे २७ (जेष्ठ १४) का दिन सगरमाथा आधार शिबिरमा पुग्ने कार्यक्रम छ । शान्ति द्धिपको ज्योतीलाई मे २८ र २९ मा (एभरेष्ट डे)का दिन सगरमाथा आधार शिबिरको परीक्रमा गराईने छ ।

सोही दिन बिश्वको सबैभन्दा अग्लो स्थानमा आयोजना हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको १४ औं सस्करण सुरु हुने आयोजक संस्था हिमेक्स नेपाल तथा तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका अध्यक्ष बिक्रम पाँडेले बताए । सो कार्यक्रम पहिलो पटक परीक्षणका रुपमा सुरु गरेको उनले जानकारी दिए । साथै अब प्रत्येक बर्ष कार्यक्रम आयोजना गर्ने समेत बताए ।

भुकम्प र नाकाबन्दीका कारण खस्किएको पर्यटन क्षेत्र पुनर्जिबित हुने पाँडेको भनाई छ । शान्ति दिप कार्यक्रमले लुम्बिनी र कपिलबस्तु सहीत बुद्ध सर्किटबाटो लाई अझै मजबुत बनाउने आयोजकको बिश्वास छ । कार्यक्रममा सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले पर्यटन बजारका लागी यो नँया कार्यक्रम रहेको र यस्ता रचनात्मक कार्यमा सरकारले निजी क्षेत्रलाई सहयोग गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL