Logo

निगमको उडान ७० प्रतिशतले बढ्यो,विश्वसनियता र नियमिततामा सुधार

निगमको उडान ७० प्रतिशतले बढ्यो,विश्वसनियता र नियमिततामा सुधार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल वायु सेवा निगमको उडान ७० प्रतिशतले बृद्धि भएको छ । २०११ देखि २०१४ सम्ममा अन्तरराष्ट्रिय सेवा तर्फ १ हजार ५ सय उडान भरेकोमा २०१५ मा बृद्धि भएको हो । निगमले २०१५ मा २६ सय उडान भरेको थियो ।

त्यस्तै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निगमको बजार हिस्सा७ दशमलव ९ प्रतिशत रहेको बताइएको छ । निगमले विमानस्थलमा अन्तरराष्ट्रिय सेवा दिइरहेका सवै एयरलाइन्सहरुबाट उब्जेको हवाई सेवाको व्यापारमा सन् २०११ देखि २०१४ सम्म निगमको बजार हिस्सा ६ दशमलव ७ प्रतिशत थियो । जुन २०१५ मा बढेर ७ दशमलव ९ प्रतिशत पुगेको छ । दुईओटा वाइड वडी सञ्चालनमा आएको अवस्थामा १७ प्रतिशत बजार हिस्सा ओगट्ने बताइएको छ ।

त्यस्तै ११ देखि ०१४ को ४ बर्षको अवधिमा निगमले बार्षिक करिव २ लाख ५ हजार यात्रु बोकेको थियो । जुन सन् २०१५ मा २४ प्रतिशतले बढेर २ लाख ५३ हजार यात्रु पुगेको छ ।

निगमका अनुसार विदेशी यात्रु तथा पर्यटकको आगमन संख्या भन्दा नेपाली नागरिकहरु वाहिर जानेको संख्या २००२ देखि बढ्दै गएको छ । विदेश जाने नेपालीको संख्या २००१ देखि २००५ सम्म अर्थात ५ बर्षको अवधिमा दोब्बर भएको थियो । यता आगमन दोब्बर हुन १३ बर्ष लाग्यो । यसबाट विदेशी एयरलाइन्सहरु म्यानपावरमा बढी केन्द्रित भएको स्पष्ट भएको बताइएको छ ।

त्यस्तै नेपाल वायु सेवा निगमको विश्वसनियता बढेको देखिएको छ । २०११ देखि १४ को अवधिमा विश्वसनियता ९४ प्रतिशत भएकोमा २०१५ मा ९८ प्रतिशत पुगेको छ । त्यस्तै नियमिततामा पनि चार बर्षमा ६४ प्रतिशत भएकोमा २०१५ मा ७८ दशमलव ८ प्रतिशत पुगेको छ । निगमले दुईओटा विमान थपेपछि विश्वसनियता र नियमिततामा सुधार भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL