Logo

त्रिशुलीमा र्‍याफ्टिङ महोत्सव हुने, टिकटको मूल्य रु.२ हजार

त्रिशुलीमा र्‍याफ्टिङ महोत्सव हुने, टिकटको मूल्य रु.२ हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जेठ १५ गते त्रिशुली नदिमा र्‍याफ्टिङ महोत्सव हुने भएको छ । जलयात्रा व्यवसायीहरुको छाता संगठन नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा)ले महोत्सव आयोजना गर्न लागेको हो ।

नेपालमा साहसिक जलयात्राको प्रचार, प्रसार, विकास, विस्तार र प्रवर्धनका लागी नाराले तीन दशकदेखि र्‍याफ्टिङ आयोजना गर्दै आएको छ ।

विनाशकारी भूकम्प र चार महिना लामो नाकाबन्दीपछि नेपाली पर्यटनको विदेशमा नकरात्मक सन्देश प्रवाह भएको भन्दै कार्यक्रम आयोजना गर्न लागिएको नाराका अध्यक्ष चन्द्रबहादुर दाहालले बताए । नेपालको जलयात्रा क्षेत्र सुरक्षित रहेको सन्देश प्रवाह गर्नका लागि महोत्सव प्रभावकारी हुने उनले जानकारी दिए ।

त्यस्तै नेपालमा साहसिक जलयात्राको माध्यमबाट समग्र पर्यटन क्षेत्रको प्रचार(प्रसार र प्रवर्धनका लागी यो महोत्सव आयोजना गर्न लागेको अध्यक्ष दाहालले बताए । यो महोत्सवले पर्यटन बोर्डले घोषणा गरेको नेपाल घुमफिर बर्ष २०७३ लाई समेत सहयोग र्पुयाउने विश्वास गरिएको छ ।

नाराले सन् १९८९ देखि निरन्तर रुपमा जलयात्रा महोत्सव आयोजना गर्दै छ । महोत्सवका सभागी हुनका लागि नाराले टिकटको मूल्य दुई हजार तोकेको छ । सो शुल्कमा यातायातको सुबिधा, खाना खाजा र्‍याफ्टिङ सुविधा प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL