Logo

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अब रात्रिकालिन उडान पनि हुने, आजदेखि आइएफआर प्रणाली लागू

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अब रात्रिकालिन उडान पनि हुने, आजदेखि आइएफआर प्रणाली लागू



काठमाडौं । अब पोखरा विमानस्थलबाट रात्रिकालिन उडान पनि हुने भएका छन् । विमानस्थलले आजैदेखि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली जडान गरी लागू गरेसँगै रात्रीकालिन उडान भर्न र अवतरण गर्न योग्य भएको हो ।

हाल विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) प्रणालीबाट दिनमा मात्र जहाजको उडान अवतण हुँदै आएको छ । आइएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिएफआरको तुलनामा सुरक्षितसमेत रहेको बताइन्छ ।

विमानस्थल रात्रिकालीन उडानका लागि योग्य भएसँगै निजी क्षेत्रका हवाई कम्पनीले रात्रिकालीन उडानको समेत तयारी थालेका छन् ।

बुद्धएयरले आगामी फागुन २५ देखि रात्रिकालीन उडानको तयारी गरेको बताईएको छ । बुद्धका चारवटा जहाज रातिको समयमा पोखरा विमानस्थलमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्