Logo

कर्मचारीलाई तलव नदिएपछि गुण एयरलाइन्सका सबै उडानमा प्रतिवन्ध, प्राधिकरणले पठायो पत्र

कर्मचारीलाई तलव नदिएपछि गुण एयरलाइन्सका सबै उडानमा प्रतिवन्ध, प्राधिकरणले पठायो पत्र



काठमाडौं । गुण एयरलाइन्सका सबै उडान रोकिएका छन् । नागरिक उड्डयन प्राधिकरणले कम्पनीले कर्मचारीलाई तलवसमेत दिन नसकेको भन्दै सोमबारदेखि नै उडानमा प्रतिवन्ध लगाएको हो । प्राधिकरणका अनुसार कम्पनीले कर्मचारीलाई तलव नै नदिई जहाज उडाईरहेको पत्ता लागेको हो ।

कर्मचारीलाई तलवै नदिई विमान उडाउँदा सुरक्षा जोखिम पनि हुने भन्दै प्राधिकरणले कम्पनीका ७ ओटै विमान ग्राउन्डेड गर्ने निर्णय गरेको हो । । सरकारले गुण एयरलाइन्सको विमानहरुको उडान रोक्ने निर्णय गरेको छ । गुणका ७ वटै विमानले सोमबारदेखि नै उडान भर्न नपाएका हुन् ।

प्राधिकरणले कम्पनीलाई अर्काे सूचना नआएसम्मका लागि जहाजहरु नउडान निर्देशन दिँदै पत्र पठाएको छ ।
गुण एयरका जहाजले हाल तुम्लिङटार, पोखरा, विराटनगर, भैरहवा, भरतपुर, सिमरा लगायतका गन्तव्यमा उडान गर्दै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्