Logo

चाइना साउदर्नको काठमाडौं उडान सुचारु, हप्तामा तीन वटा उडान

चाइना साउदर्नको काठमाडौं उडान सुचारु, हप्तामा तीन वटा उडान


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चाइना साउदर्नले गोन्जाउ–काठमाडौंको उडान मंगलवारदेखि सुचारु गरेको छ । कम्पनीले ७ महिनापछि उडान सुचारु गरेको हो । भारतको नाकाबन्दीका कारण

काठमाडौंमा पेट्रोलियम पदार्थ अभाव भएपछि गत असोज २१ गते कम्पनीले काठमाडौंको उडान बन्द गरेको थियो।

मंगलबारबाट सुचारु हुने उडान हप्तामा तीन वटा हुनेछन्।

मंगलबार, बिहीबार र शनिबार काठमाडौं–गोन्जाउ रुटमा उडान हुने कम्पनीले जानकारी दिएको छ । सन् १९८९ मा स्थापना भएको चाइना साउदर्न चीनको सबैभन्दा ठूलो नेटवर्क भएको एयरलाइन्स कम्पनी हो।

प्रतिक्रिया दिनुहोस्
MBL