Logo

नयाँ बर्षलाई घुमफिर बर्षको रुपमा मनाउने तयारी, आन्तरिक पर्यटन प्रवद्र्वन गरिने

नयाँ बर्षलाई घुमफिर बर्षको रुपमा मनाउने तयारी, आन्तरिक पर्यटन प्रवद्र्वन गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नयाँ बर्ष २०७३ लाई ’घुमफिर बर्ष ’ का रुपमा मनाइने भएको छ । नेपाल पर्यटन बोर्डले ‘नयाँ बर्ष घुम्ने हर्ष’ भन्ने नाराका साथ घुमफिर बर्ष मनाउन लागेको हो।सोमवार एक कार्यक्रम आयोजना गरी यसबारे जानकारी दिइएके थियो । सो अवसरमा आन्तरिक पर्यटनमा जोड दिन सवै पर्यटन संग सम्बन्धित व्यक्ति, संघसंस्था र सरोकारवाल निकायलाई आग्रह गरिन।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड कार्यकारी अधिकृत दिपकराज जोशीले यस बर्ष पर्यटन इतिहासमा सबैभन्दा दुखद बर्ष रहेको भन्दै नयाँ बर्षमा आन्तरिक पर्यटन प्रवद्र्धन गरिने बताए । यो कार्यक्रमले नेपालका विभिन्न स्थानका पर्यटकीय स्थलको प्रवद्र्धन र विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले छिमेकी मुलुकमा आन्तरिक पर्यटन बलियो रहेको उदहरण दिदै हामीले छिमेकी बाट पाठ सिक्नुपर्ने बताए । ‘हामीले सानो प्रयासवाट ठूलो प्रभाव पार्न आन्तरिक पर्यटन बर्ष मनाउन लागेका हौं’ उनले भने । साथै भुकम्प र नाकाबन्दीले शिथिल बनाएको पर्यटन क्षेत्रलाई माथि उकास्न यो कार्यक्रमले धेरै सहयोग पुर्याउने जोशीले बताए।

साथै नेपालको आन्तरीक पर्यटनलाई विश्वमा पुर्याउन कुनैपनि कसर बाँकी नराख्ने भन्दै पर्यटन बोर्डले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्न ह्यासट्याग नै राखेको छ।

बोर्डले सामाजिक सञ्जालमा ह्यासट्याग गुमफिर २०७३ नाम दिइएको छ ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सहसचिव टुण्डुराज आचार्यले नेपालमा एग्रो टुरिजमका क्षेत्रको विकास गर्नुपर्ने बताए। साथै कार्यक्रमले आफ्नै देशका पर्यटन गन्तव्यहरु पहिचान गरि आन्तरिक पर्यटनलाई टेवा पुर्याउन सकिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागी सबैले नयाँ बर्षमा आफु जान चाहने पर्यटकीय स्थलको नाम लेखोका थिए । त्यसमा सवैभन्दा बढी सुदुरपश्चिमको नाम आएको थियो

प्रतिक्रिया दिनुहोस्
MBL