Logo

पर्यटनको प्रर्वद्धन गर्दै नाटा, चीनका विभिन्न शहरमा विशेष कार्यक्रम आयोजना गरिने

पर्यटनको प्रर्वद्धन गर्दै नाटा, चीनका विभिन्न शहरमा विशेष कार्यक्रम आयोजना गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा)ले नेपालको पर्यटन प्रवर्द्धनका लागि चीनका विभिन्न शहरमा विशेष कार्यक्रम गर्ने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपाली राजदूतावास र बेइजिङसँगको सहकार्यमा मित्र राष्ट्र चीनमा नेपालको पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्न लागिएकोे हो ।

१० अप्रिलदेखि १ हप्तासम्म चीनको बेइजिङ र अन्य तीन शहरहरू हाङजाउ, सांघाई तथा छन्दुमा बृहत प्रवर्द्धनात्मक कार्यक्रम गरिने नाटाले बताएको छ । भूकम्प र नाकाबन्दीलगायत कारण नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभाव न्यूनीकरण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नाटाले आयोजना गर्न लागेको उक्त कार्यक्रमअन्तर्गत ‘बी टु बी’ र पत्रकार सम्मेलनलगायतका कार्यक्रम सञ्चालन गरिने छ ।

कार्यक्रमपछि साढे दुई लाख चिनियाँ पर्यटकको आगमन हुने प्रक्षेपण नाटाको छ । नाटाका अध्यक्ष मधुसुदन आचार्यका अनुसार चिनियाँ पर्यटकलाई नेपालतर्फ आकर्षित गर्न प्रवद्र्धनात्मक कार्यक्रमले सहयोग पुग्छ ।

१ करोड २० लाख चिनियाँ नगारिकले संसारका विभिन्न ठाउँ घुम्ने गरेको हुँदा केही हिस्सामात्रै नेपालमा आकर्षित गर्ने योजना बनाउन सकिए देशको पर्यटनले फड्को मार्ने उनले बताए ।

आचार्यका अनुसार चीनपछि आगामी जुनमा दक्षिण कोरिया र भारतमा पनि यस्तो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।
चीनको कार्यक्रमको अन्तिम तयारी भइरहेको र नेपाल सरकारबाट चिनियाँ पर्यटकको लागि घोषित भिसा निःशुल्कलगायत नयाँ प्याकेज बनाएर उक्त कार्यक्रममा सहभागी हुने जानकारी दिएका छन् ।

चीनमा प्रारम्भिक तयारी गर्न पिआरलाई हायर गर्ने तथा कार्यक्रम आयोजनार्थ चारओटै सहरका उपयुक्त होटलको खर्चको व्यवस्था मिलाइदिने सहमति भइसकेको छ । नाटाले यस कार्यक्रमको लागि नाटा कार्यकारी सदस्य शीतलकुमारी शर्मा पौडेलको संयोजकत्वमा छुट्टै समिति नै गठन गरेको छ ।
कार्यक्रमको लागि नाटाको तर्फबाट चार जनासहित २८ जना नेपाली पर्यटन व्यवसायी सहभागी हुनेछन् ।
कार्यक्रम अप्रिल ११ मा बेइजिङको होलिडे इन्टरनेसनलमा नेपाल प्रवद्र्धन कार्यक्रम गरिनेछ । अप्रिल १४ को बेलुका हाङजाउको वेस्ट वेस्टर्न हाङजाउ होटलमा पुनः अर्को कार्यक्रम हुनेछ । त्यस्तै अप्रिल १५ मा चीनको औद्योगिक एवम् व्यावसायिक शहर साङ्घाइको ग्राण्ड होटलमा हुनेछ र अन्तिम कार्यक्रम अप्रिल १८ मा छन्दुको टियनफु सनसाइन होटलमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL