Logo

नाट्टाद्धारा सिपयुक्त जनशक्ति उत्पादन गर्न तालिम सञ्चालन

नाट्टाद्धारा सिपयुक्त जनशक्ति उत्पादन गर्न तालिम सञ्चालन



काठमाडौं । पर्यटन व्यवसाय विकास र विस्तारका लागि आवश्यक सिपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले देशको सात वटै प्रदेश लाई लक्षित गरि एअरलाइन्स टिकेटिङ्ग, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन गरिरहेको छ । सबै कार्यक्रमको संयोजन नाट्टा सचिव तथा तालिम संयोजक युविका भण्डारीले गरिरहेकी छन् ।

अन्तराष्ट्रिय श्रम संगठन र नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा जम्मा ३० जना प्रशिक्षार्थीका लागि १ महिने कार्यस्थलमा आधारित तालिम कार्यक्रमको शुभारम्भ कार्तिक १६ गते नाट्टा अध्यक्ष रमेश थापाले काठमाण्डौमा गरे । ति प्रशिक्षार्र्थीहरुलाई ८ दिनको सैद्धान्तिक ज्ञान र स्थलगत अध्ययन पछि पर्यटन व्यवसाय सञ्चालन भइरहेको कम्पनीहरूमा व्यवहारिक सीप आर्जनका लागि पठाइने छ ।

त्यसै गरि सयुक्त राष्ट्र संघ विकाश कार्यक्रमको सहयोगमा नेपाल पर्यटन बोर्डको जीविकोपार्जनका लागि दीगो पर्यटन परियोजना अन्तरगत काठमाण्डौँ, बुटवल, पोखरा, नेपालगन्ज, विरगन्ज र विराटनगर गरि जम्मा ६ वटा स्थानमा आयोजना हुने गरि तालिम कार्यक्रमहरु शुरु भएको छ । यि सबै स्थानमा ६०÷६० जना को लागि अवसर उपलब्ध हुने र जम्मा २४० जना प्रशिक्षार्र्थीले ५ दिने तालिम लिनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL