Logo

निगमले शुरु गर्यो ‘वाइड बडी’ ल्याउने प्रक्रिया, ग्लोवल टेन्डर आब्हान गरिँदै

निगमले शुरु गर्यो ‘वाइड बडी’ ल्याउने प्रक्रिया, ग्लोवल टेन्डर आब्हान गरिँदै


रक्षा रेग्मी
0
Shares

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ‘वाइड बडी’ जहाज ल्याउने  प्रक्रिया शुरु गरेको छ । निगमले लामो दूरीमा अन्तरराष्ट्रिय उडानका लागि वाइड बडी ल्याउन लागेको हो ।
आगामी ८ महिनाभित्र जहाज ल्याउने उद्देश्यका साथ बोलपत्र आब्हान गर्न लागिएको निगमका एक्सटर्नल तथा पव्लिक अफेयरर्स  उपनिर्देशक शैलेस कंसाकारले बताए । त्यसका लागि हाल रिक्वेष्ट फर प्रपोजल (प्रस्तावका लागि अनुरोध) पत्र तयार गर्न लागिएको उनले जानकारी दिए ।

उनका अनुसार निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसको जहाज ल्याउन लागेको छ । निगमले चिनियाँ कम्पनीकै जहाज ल्याउने गरी गृहकार्य शुरु गरेको कंसाकारले जानकारी दिए । यद्यपी निगमका लागि चिनीयाँ एयरबस ल्याउनबारे सरकारमा पठाएको प्रस्ताव निणर्य हुन बाँकी नै छ ।

‘एयरबस कम लागतमा लिन सकिने भएकोले खरीदका लागि छलफल भइरहेको छ,’ उनले भने, ‘कागजी प्रक्रिया सकेर जहाज खरिद गर्न आवश्यक रकमको व्यवस्था हुना साथ ग्लोबल टेन्डर आह्वान गर्नेछौं ।’

उनका अनुसार आगामी दुईदेखि तीन हप्ताभित्र बोलपत्र आह्वान गरिने छ । २०७३ मंसिरसम्ममा एउटा वाइड बडी जहाज काठमाडौं अवतरण हुने छ । पहिलो वाइडबडी ल्याएको ३ महिनाभित्र अर्को ल्याइने कंसाकारले जानकारी बताइएको छ ।

अन्य २ जहाज ल्याउनका लािग भने त्यसपछि मात्र प्रक्रिया शुरु गरिने भएको छ । वाइड बडी आएपछि दक्षिण कोरिया, युरोप, अष्ट्रेलिया, लन्डनलगायत ५ देशमा उडान गरिने निगमको भनाइ छ । निगमले खरिद गर्न लागेको जहाज ए३३०–२०० ले एकतर्फी ९ देखि १० घन्टा ‘नन्स्टप’ उडान भर्न सक्ने छ ।

ग्लोबल टेन्डर आह्वान गर्दा जहाज निर्माता कम्पनी एयरबस, जहाज भाडामा दिने (लिजिङ) कम्पनी, अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलगायतले सहभागिता जनाउन पाउने छन् । एयरबसकै ए३३०–२०० सिरिजको जहाज भएका कारण एयरबस कम्पनी आफैं पनि टेन्डरमा सहभागी हुन पाउने व्यवस्था छ  । त्यस्तै लिजिङ कम्पनी वा अन्य वायुसेवा कम्पनी पनि प्रतिस्पर्धामा आउन सक्ने उनले जानकारी दिए ।

निगमले सन्् २०१४ भन्दा यता उत्पादन भएका ए३३० जहाज खरिद गर्ने सर्त राख्ने भएको छ । कंसाकारका अनुसार दुई वटा वाइड बडी खरिद गर्न करीव २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सो रकम स्वदेशमै संकलन गर्ने प्रयास भइरहेको बताइएको छ । रकम संकलनका लागि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत वित्तीय संस्थासँग छलफल भइरहेको छ । यदि स्वदैमै उक्त रकम नजुटेमा विदेशी वित्तीय संस्थाबाट ऋण लिने विकल्प पनि अघि सारिएको छ ।

निगमसँग विगतमा बेलायतको लन्डन, फ्रान्सको पेरिस, जर्मनीको फ्र्यांकफर्ट, जापानको ओसाका, चीनको सांघाईलगायतका स्थानमा  ‘लङ हल’ गन्तव्यमा उडान गरिसकेको अनुभव छ । त्यही अनुभवलाई कार्यान्वयमा ल्याउन पुनः ‘पुनः लङ’ उडान भर्न लागिएको कंसाकारले जानकारी दिए । जाहजको अधिकतम उपयोग गर्ने उद्देश्यका साथ नयाँ गन्तव्य समेत बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL