Logo

हवाईमार्ग हुँदै ६ महिनामा २ लाख ३७ हजार पर्यटक नेपाल घुम्न आए, सबैभन्दा धेरै भारतीय

हवाईमार्ग हुँदै ६ महिनामा २ लाख ३७ हजार पर्यटक नेपाल घुम्न आए, सबैभन्दा धेरै भारतीय



काठमाडौं । पछिल्लो ६ महिनामा नेपालमा २ लाख ३७ हजार ६ सय ६० जना विदेशी पर्यटक हवाईमार्गको प्रयोग गरी भित्रिएका छन् । पर्यटन विभागले जानकारी दिए अनुसार २०२२ को जनवरीदेखि जुनसम्म उक्त संख्याका पर्यटक नेपाल घुम्न आएका हुन् ।

यस्तै जुन महिनामा मात्रै भने नेपालमा ४६ हजार ९ सय ५७ जना पर्यटक नेपाल घुम्न आएका छन्। यो संख्या सन् २०१९ को जुन महिना आएका पर्यटकको तुलनामा भने कम हो।

जुनमा सबैभन्दा धेरै भारतबाट २३ हजार २ सय ४८ पर्यटक नेपाल भ्रमणमा आएका छन्। दोस्रो धेरै आउनेमा अमेरिकाबाट छन् । अमेरिकाबाट २०२२ मेमा ८ हजार ९ सय ९० पर्यटक नेपाल भ्रमणमा आएका हुन्।

प्रतिक्रिया दिनुहोस्
MBL