Logo

यती एयरलाइन्सको टिकट अब भाइबरबाट पनि लिन सकिने

यती एयरलाइन्सको टिकट अब भाइबरबाट पनि लिन सकिने



काठमाडौं । यती एअरलाइन्सको हवाई टिकट अब सामाजिक सञ्जाल भाइबरबाट पनि लिन सकिने भएको छ । कम्पनीले डिजिटल प्रविधिलाई थप ग्राहकमैत्री बनाउँदै भाइबरबाटै सजिलै टिकट लिन सकिने सुविधा उपलब्ध गराएको हो ।

सो सुविधामा ग्राहकले भाइबरमा ‘पाँच वटा–१० अर्थात् १०१०१०१०१०’ हटलाइन नम्बरमा म्यासेज गरेर टिकट लिन सकिने कम्पनीले जनाएको छ । ‘भाइबर नेपालसँगको सहकार्यमा यात्रुहरुलाई सहज तरिकाले टिकट उपलब्ध गराउने उद्देश्यले ‘भर्चुअल सेल्स काउन्टर’ को व्यवस्था गरी यो सेवा २०७९ आषाढ १६ गतेबाट सुरु हुनेछ । हाम्रो भर्चुअल काउन्टर बिहान ७ः ०० बजेदेखि बेलुका ७ः ०० बजेसम्म १२ घण्टा खुल्ला रहने छ ।

उक्त समयभित्र यात्रुहरुले ‘पाँच वटा–१०’ भाइबर नम्बरमा मेसेज पठाई आफूलाई आवश्यक परेको टिकटको लागि अनुरोध गर्न सक्नुहुने छ । टिकटको भुक्तानी क्यूआर कोडमार्फत सजिलैसँग गरी टिकट लिन सकिने छ’ यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL