काठमाडौं । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आफ्नो पहिलो एयरबस नेपाल भित्र्याएको छ । हिमालयले तिब्बत एयरलाइन्ससँगको सहकार्यमा नेपालबाट अन्तरराष्ट्रिय हवाई सेवा प्रदान गर्न लागेको हो ।
आगामी चैत ३० गतेदेखि व्यवसायिक उडान सुरु गर्ने कार्यतालिका रहेको कम्पनीले जानकारी दिएको छ । हिमालय एयरलाइन्सले चीनको लिजिङ कम्पनीसँग १२ वर्षका लागि एयरबस भाडामा लिएको हो ।
हिमालयले विस्तारै अर्को एयरबस ल्याएर सेवा विस्तार गर्ने योजना बनाएको छ ।