Logo

आगामी १ हप्ता तारा एयरले पोखरा जोमसोम उडान नभर्ने, यस्तो छ कारण

आगामी १ हप्ता तारा एयरले पोखरा जोमसोम उडान नभर्ने, यस्तो छ कारण



काठमाडौं । तारा एयरलाईन्सले भोली २० गतेदेखि आगामी १ हप्ता पोखरा जोमसोम उडान नभर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै कम्पनीले आगामी ७ दिन यो गन्तव्यमा उडान नभर्ने जानकारी दिएको हो ।

गत आईतबार तारा एयरको विमान मुस्ताङमा दुर्घटना भएपछि चालक दलका सदस्यसहित २२ जनाको निधन भएको थियो । सोहीपश्चात कम्पनीले आगामी एक हप्ता उक्त रुटमा उडान नगर्ने निर्णय गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरलाईन्सको विमान दुर्घटना भएपछि इनरुट मौसम सफा नभएसम्म आन्तरिक उडान हुन नपाउने नियम ल्याएको थियो । यस्तै यता मौसम पूर्वानुमान महाशाखाले पनि जहाजको इनरुटको मौसम पूर्वानुमान गर्न नसकिने निष्कर्ष दिएसँगै ताराले यो रुटको उडान एक हप्ताका लागि स्थगित गरेको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

उनका अनुसार केहि कारण त दुर्घटनाको पनि हो । ‘क्यानले गरिदिएको निर्णयले यात्रु जम्मा हुने र इनरुटको मौसम दिनभर क्लियर नहुने भएपछि यात्रुलाई धेरै कुराउनुपरेको अवस्था आयो,’ उनले भने, ‘यस्तो हुँदा यात्रुहरुले बेक्कारमा दुःख पाए, जसका कारण हामीले एक हप्ताका लागि उडान स्थगित गरेका हौं ।’ तारा एयरले हाल दैनिक ५ उडान पोखरा जोमसोम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्