Logo

हवाई इन्धनको मूल्य बढेपछि बढ्यो हवाई भाडा, कहाँको भाडा कतिले बढ्यो ?

हवाई इन्धनको मूल्य बढेपछि बढ्यो हवाई भाडा, कहाँको भाडा कतिले बढ्यो ?



काठमाडौं । वायुसेवा संचालक संघले हवाई भाडा बढाएका छन् । पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढिरहेको भन्दै संघले बुधबार बाट लागु हुने गरी हवाई भाडा बढाएको हो ।

संघले दिएको जानकारी अनुसार अब काठमाडौंबाट सबैभन्दा लामो दुरीमा रहेको रुट काठमाडौं–धनगढी पुग्न अधिकतम १५ हजार ६ सय ६५ रुपैयाँ लाग्नेछ । यो रुटमा एकै पटक ४ सय ४५ रुपैयाँ भाडा बढाईएको हो । यसअघि इन्धन सरचार्ज शुल्क हजार ८ सय ९० रुपैयाँ रहेको यो रुटमा अब इन्धनको शूल्क मात्र ७ हजार ३ सय ३५ रुपैयाँ पुगेको हो ।

निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी १ सय ६६ रुपैयाँ पुर्याएको अवस्थामा काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३ सय ४० रुपैयाँ ईन्धन सरचार्ज थपिएको छ । यससँगै माउन्टेन फ्लाइटको मूल्य १३ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ ।

यस्तो छ थपिएको नयाँ भाडा :

प्रतिक्रिया दिनुहोस्
MBL