काठमाडौं । सरकारले राती ८ बजेपछि पनि आन्तरिक हवाई सेवा संचालन गर्न दिएको निर्देशनलाई बायुसेवा संचालकले नमान्ने भएका छन् । पूर्वाधार विकास र प्राविधिक कारणले हाल साती ८ बजेपछि नियमित आन्तरिक उडान गर्न नसक्ने भन्दै बिहीबार वायुसेवा संचालक संघले विज्ञप्ति जारी गरेको छ ।
यसअघि भोली शुक्रबार देखि नै सबै वायुसेवा संचालकले रात्रीकालिन आन्तरिक उडानको समय तालिका सार्वजनिक गर्नुपर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्णय गरेको थियो ।
उक्त निर्णयका कारण अग्रिम टिकट लिईसकेका यात्रुका लागि उडान तालिका परिवर्तन भएपछि सास्ती हुने भएपछि यो निर्णय नमान्ने संचालकहरुको दावी छ । यदि यो निर्णय प्राधिकरणले नसच्याएको खण्डमा शुक्रबारदेखि नै सम्पुर्ण आन्तरिक उडान नै नगर्ने चेतावनीसमेत वायुसेवा संचालक संघले दिएको छ ।