Logo

कतार एयरवेज प्रिभिलेज क्लबद्वारा एभिओसलाई मान्यता प्रदान, यात्रुहरुले विभिन्न लाभ पाउने

कतार एयरवेज प्रिभिलेज क्लबद्वारा एभिओसलाई मान्यता प्रदान, यात्रुहरुले विभिन्न लाभ पाउने



काठमाडौं । कतार एयरवेजद्वारा पुरस्कार मुद्राका रूपमा प्रिभिलेज क्लबले एभिओसलाई आधिकारिक मान्यता प्रदान गरेको घोषणा गरेको छ । यसले लगभग १ सय ५० गन्तव्य सहित एयरलाइनको बृहत् सञ्जालको उपयोग गर्दै यात्रा गर्ने सदस्यहरूका लागि नयाँ अवसरहरूको संसार खोलेको जनाइएको छ ।

यस साझेदारीमार्फत अब यात्रुहरुले विश्वकै उत्कृष्ट एयरलाइनको अनुभवका साथमा विश्वकै उत्कृष्ट विमानस्थल, हमाद अन्तर्राष्ट्रिय विमानस्थल (एचआई)को आनन्द लिनुका साथै कतार एयरवेजका उडानहरूमा थप ग्यारेन्टीड अवार्ड सीटहरू र प्रतिस्पर्धी मूल्यहरूको विस्तृत श्रृंखला सहितका लाभहरु उठाउन सक्ने कम्पनीले जनाएको छ ।

प्रिभ्लेज क्लबले एभिओस अपनाएको उपलक्ष्यमा, सदस्यहरूले प्रोमो कोड क्यूआरएभिओस प्रयोग गरी ३१ मार्च २०२२ सम्ममा नगद(एभिओसको प्रयोग गर्दै आफ्नो अर्को उडान बुक गर्दा बिजनेस वा फस्र्ट क्लासमा १०,००० बोनस एभियोस वा इकोनोमी क्लासमा ५,००० बोनस एभिओसको फाइदा लिन सक्नेछन् । यो योजना कतारएयरवेज डट कम र एयरवेजको मोबाइल एपमा मात्र उपलब्ध हुने जानकारी दिइएको छ ।

अवार्ड सिटहरूको विस्तृत उपलब्धताका कारण सदस्यहरूका लागि कतार एयरवेजमा एभिओस उपयोग गरी प्रति दिन ४ सय उडान सहितको व्यापक विश्वव्यापी सञ्जालको फाइदा उठाउँदै अझ ठूलो छनोटको अवसर उपलब्ध भएको छ । यात्रुले आफ्नो इच्छा तथा आवश्यकता अनुसार अष्ट्रेलियाका ५, युनाइटेड स्टेट्सका १२, मिडल इस्टका २१, अफ्रिकाका २८, युरोपका ३५ र एसियाका ४२ गन्तब्य लगायत विश्वका विभिन्न स्थानहरुमा उडान सुविधा तथा सेवा प्राप्त गर्न सक्नेछन् ।

यसका साथै, वान वल्र्ड साझेदारहरू बीचको गठबन्धनको फाइदा उठाउँदै कतार एयरवेज प्रिभ्लेज क्लबका सदस्यहरूका लागि थप लाभहरू पनि उपलब्ध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL