Logo

पर्यटन मन्त्री आले र भारतीय अभिनेता सलमान खानबीच भर्चुअल संवाद, नेपालको पर्यटन प्रवर्द्धन गर्न आग्रह

पर्यटन मन्त्री आले र भारतीय अभिनेता सलमान खानबीच भर्चुअल संवाद, नेपालको पर्यटन प्रवर्द्धन गर्न आग्रह



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बलिउड अभिनेता सलमान खानलाई नेपालको पर्यटन क्षेत्र खुला भएकोबारे बुझाउन आग्रह गरेका छन् । मंगलबार भएको भर्चुअल संवादमा मन्त्री आलेले नेपालको पर्यटन क्षेत्र खुला भएको र यसको प्रवर्द्धनका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

मन्त्रीको आलेको उक्त प्रस्तावलाई सलमानले नेपाल सुन्दर देश रहेको र यसको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने बताएका छन् । उनी आगामी जेठ १४ मा दबङ रिलोडेड टुरका लागि नेपाल आउँदैछन् ।

उनले यसै कार्यक्रममार्फत पनि नेपालको पर्यटन क्षेत्रको खुलेर प्रचार गर्न सघाउने बताईएको छ । भर्चअल बैठकमा मन्त्री आलेले ठूलो फ्यान भएको र प्रायः अधिकांश फिल्म हेरेको बताउँदै सगरमाथा आरोहणको निम्तोसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL