Logo

विश्वभर हवाई भाडामा वृद्धि, यात्रुको चापले इन्धनको मूल्य बढेपनि एयरलाइन्स कम्पनीहरु मालामाल

विश्वभर हवाई भाडामा वृद्धि, यात्रुको चापले इन्धनको मूल्य बढेपनि एयरलाइन्स कम्पनीहरु मालामाल



काठमाडौं । यदि तपाई यो गर्मीमा विदेश जाने योजना बनाउँदै हुनुहुन्छ भने महँगो हवाई भाडा तिर्नका लागि तयार हुनुपर्नेछ । रूस-युक्रेन युद्धको बीचमा तेलको मूल्यमा भएको बृद्धि र पछिल्लो दुई वर्षको महामारीको अवरोधपछि यात्राको मागमा आएको वृद्धिले वायुसेवा कम्पनीहरूलाई निर्धक्क भई मूल्यवृद्धि गर्न प्रेरित गरिरहेको छ ।

‘भर्खरैको एयरलाइन्स टिप्पणीमा सबैभन्दा ठूलो आश्चर्यको कुरा यो थियो कि माग यति बलियो थियो कि अधिकांश एयरलाइन्सहरु इन्धनको मूल्यवृद्धि पार गर्न सक्ने क्षमतामा विश्वस्त छन्’, बैंक अफ अमेरिकाका विश्लेषकहरूले डेल्टा एयरलाइन्सको प्रस्तुतीकरण पछि एक नोटमा लेखेका छन् । डेल्टा र युनाइटेड एयरलाइन्सले जेपी मोर्गन औधौगिक सम्मेलनमा एयरलाइन्सहरूले ऐतिहासिक रूपमा मूल्य निर्धारण गर्न आफुहरु सक्षम भएको तथा निकट अवधिको श्रम समस्याहरू र पायलटको कमी पूर्ति गर्न पनि सहज रहेको उल्लेख गरेका छन् ।

विशेष गरी उत्तर अमेरिकामा यात्रु एयरलाइन्सका लागि पाइलटहरूको अभावका साथै निरन्तर कर्मचारी समस्याहरू आइरहेका छन् । महामारीको बीचमा व्यवसायिक संघर्षसँगै श्रमको आपूर्तिमा आएको कमीले केही एयरलाइन्सलाई २०२१ को अन्ततिर विभिन्न रुटहरूका उडान बन्द गर्न बाध्य भएका छन् ।

ट्राभल सर्च इन्जिनको मार्चमा प्रकाशित हपर डाटाका अनुसार अमेरिकादेखि युरोप राउन्ड ट्रिपको औसत हवाई भाडा अघिल्लो महिनाको तुलनामा १६% बढेर ७७० डलर पुगेको छ । सम्मेलनमा, युनाइटेड एयरलाइन्सका अधिकारीहरूले महामारीले २०२० र २०२१ मा घुम्न र व्यापार यात्रा दुबैको मागलाई ध्वस्त पारेपनि व्यापार अब फेरि बढ्दै गएको बताए ।

‘युनाइटेड एयरलाइन्सले आफ्नो व्यापारसन २०१९ को स्तरमा फर्किदै गरेको बताएको छ’, जेपी मोर्गनका विश्लेषकहरूले लेखेका छन्-‘अहिले एयरलाइन्सको व्यापार बलियो बन्दै गएको छ र २०९१को तुलनामा ७० प्रतिशत व्यापार फर्किएको छ । व्यापार यात्राबाट हुने व्यवसाय ७५% रिकभर भएको छ ।’ यसैले एयरलाइन्सहरुले इन्धनको मूल्यवृद्धिको चुनौतीलाई सहजै पार गरिरहेका छन् ।

छुट्टै नोटमा, मोर्गन स्टेनली विश्लेषकहरूले डेल्टा एइरलाइन्स यात्राको मागमा भएको वृद्धि र व्यापार यात्रामा भएको वृद्धिको बीचमा उच्च इन्धन लागतको सहजै सामना गर्न सक्ने उल्लेख गरेका छन् । ‘डेल्टाले गत हप्ता एकल–दिनको नगद बिक्रीमा सबै समयको रेकर्ड हासिल गरेपछि, व्यवस्थापन २०२२ मा उच्च इन्धन लागतहरू पार गर्ने क्षमतामा बढ्दो रूपमा विश्वस्त रहेको छ’, स्टेनलीको नोटमा छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL