काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजले अब साउदी अरेवियामा उडानको अनुमति पाएको छ । आईतबार साउदी अरेवियाको नागरिक उड्डयन सामान्य प्राधिकरण (गाका)ले औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीमार्फत निगमलाई उडान अनुमति दिएको हो ।
उक्त उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेवियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउनेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा यो उडान अनुमति प्राप्त भएको निगमले जानकारी दिएको छ ।
निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक योजना अनुरुप काठमाडौं–रियाद–काठमाडौं सेक्टरमा साताको ३ वटा नियमित उडान शुरु गर्नेछ ।