Logo

फेब्रुअरीमा १९ हजार ७ सय बढी पर्यटकले नेपाल घुमे, कुन देशबाट कति ?

फेब्रुअरीमा १९ हजार ७ सय बढी पर्यटकले नेपाल घुमे, कुन देशबाट कति ?



काठमाडौं । चालु बर्षको फेब्रुअरी महिनामा विभिन्न देशबाट १९ हजार ७ सय बढि पर्यटक नेपाल भ्रमणमा आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार चालु बर्षको फेब्रुअरी महिनामा गत बर्षको सोही अवधिको तुलनामा १० हजार बढि पर्यटक आएका हुन् ।

फेब्रुअरीमा १९ हजार ७ सय ६६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । गत वर्षको यही अवधिमा नेपालमा जम्मा ९ हजार १ सय ४६ जना पर्यटक नेपाल आएका थिए । सन् २०२२ को पहिलो महिनामा १७ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

तथ्यांक अनुसार नेपाल आउने पर्यटकमा भारतीयको संख्या सबैभन्दा धेरै छ । एक महिनामा भारतबाट ५ हजार ९ सय ९८ जना नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट ३ हजार ६ सय १४ जना पर्यटक नेपाल आएको देखिएको छ । तेस्रो स्थानमा बेलायत रहेको छ । यो महिनामा बेलायतबाट मात्र २ हजार २ सय १७ जना पर्यटक नेपाल आएको देखिएको छ । चौथो स्थानमा रहेको अष्ट्रेलियाबाट १ हजार ५२ जना नेपाल आएका छन्

प्रतिक्रिया दिनुहोस्
MBL