Logo

तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान शुरु गर्ने, यस्तो छ भाडादर

तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान शुरु गर्ने, यस्तो छ भाडादर



काठमाडौं । तारा एअरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा शुरु गर्ने भएको छ । इलाम नगरपालिका र तारा एयर प्रालि बीच सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने विषयमा गत माघ ३ गते सम्झौता भएको हो ।

सम्झौता अनुरुप आगामी फागुन ८ गतेदेखि तारा एयरले प्रत्येक आइतबार काठमाण्डौबाट सुकिलुम्बा विमानस्थलमा उडान भर्ने निश्चित भएको नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी कृष्ण शाहले जानकारी दिए।

इलाममा हवाई उडानका लागि सम्झौताको पहल समेत गरेका पर्यटन व्यवसायी शाहका अनुसार नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

१६ यात्रु सिट क्षमताको जहाजको एकतर्फी भाडा आठ हजार ७०० रुपैयाँ तोकिएको छ । सम्झौताअनुसार ११–११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ । नगरपालिकाले एक तर्फ भाडा तिरे दुइ तर्फकै उड्नका लागि सहुलियत दिएको समेत उनले जानकारी दिए ।

‘इलाम आफैमा राम्रो पर्यटकीय गन्तव्य हो । इलामलाई प्रकृति र संस्कृतिको सङ्गम मान्ने गरिन्छ । त्यहाँ पर्या पर्यटन, कृषि–पर्यापर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ । हवाई सेवा नियमित हुन सके इलाम जाने पर्यटकको संख्या बढ्ने हाम्रो अपेक्षा छ’ शाहले भने।

पूर्व जान चाहने आन्तरिक पर्यटकको संख्या बढि रहेपनि सडक यातायातबाट जाँदा बढी समय लाग्ने भएकोले हवाई सेवा सेवा सुरु भए थप पर्यटक संख्या बढ्ने उनले बताए । इलाममा,सन्दकपुर, माईपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धीथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगर आदि पर्यटकीय आर्कषणका केन्द्र हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL