Logo

पर्यटन बोर्डका सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

पर्यटन बोर्डका सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीलाई निलम्बन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले बोर्ड सञ्चालक समितिको रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

केही समय अघि बोर्डले सीईओ रेग्मीमाथि छानवीन गर्नका लागि सो अवधि भरका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । तर, सो निर्णयकाविरुद्ध रेग्मी अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । साथै अदालतले कारणसहित दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्