Logo

सुर्खेत विमानस्थलको रनवे मर्मत गरिँदै, मंसिर १० देखि १ महिना उडान अवतरण बन्द

सुर्खेत विमानस्थलको रनवे मर्मत गरिँदै, मंसिर १० देखि १ महिना उडान अवतरण बन्द



काठमाडौं । कर्णाली प्रदेश राजधानी सुर्खेतको सुर्खेत विमानस्थल १ महिना बढि समय बन्द हुने भएको छ । विमानस्थलको रनवे मेन्टेनान्सका लागि भन्दै मंसिर १० गतेदेखि पुस ५ गतेसम्म पुर्ण रुपमा बन्द गर्न लागिएको हो ।

विमानस्थलको रनवेमा ओभरले को काम गरिने भएकाले मंसिर १० गतेदेखि पुस ५ गतेसम्म पुर्ण बन्द गरिने र त्यसपछि कम्तिमा २० दिन बिहान ६ बजेदेखि १२ बजेसम्म मात्रै विमानस्थल संचालन हुने स्रोतले जानकारी दिएको छ । विानस्थल स्रोतका अनुसार पुस ५ गतेपछि भने बिहान मात्रै विमानस्थल संचालन गरी दिनभरी पुनः मेन्टेनान्सको काम जारी राखिने छ । हाल काठमाडौंबाट सिधै सुर्खेत बुद्ध एयरको जहाज उडान गर्ने गरेको छ ।

यस्तै सुर्खेतबाट भने खासगरी ट्विनअटर जहाजहरु कर्णालीका पहाडी जिल्ला जुम्ला, मुगु, बाजुरालगायतका क्षेत्रमा जाने गर्दछन् । बुद्ध एयरले सुर्खेत उडान नखुल्दासम्मका लागि भन्दै नेपालगंजमा दैनिक एक उडान थपेर ६ उडान पुर्याएको जानकारी दिएको छ । यसअघि बुद्ध एयरले नेपालगंजमा दैनिक ५ उडान गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL