काठमडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका छन् ।
मन्त्री ढकालले बिहीबार मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललगायतसँग छलफल गरेर मूल्य घटाउन निर्देशन दिएका हुन् ।
हवाई इन्धनको मूल्य महंगो भएको निश्कर्ष मन्त्री ढकालको रहेको छ । इन्धनको मूल्य घटाउँदा माग बढ्ने भएकाले निगमको स्टोरेज क्षमता बढाउन आवश्यक जग्गा व्यवस्थापनाका लागि सहयोग गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन पनि दिएका छन् ।
हवाई इन्धनको समयानुकुल समायोजन नहुँदा हवाई कम्पनीहरू मारमा परेका छन । अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाउन विभिन्न संस्थाहरूले माग पनि गर्दै आएका थिए ।