Logo

हिमालय एयरलाइन्सले दमाममा चाटर्ड उडान गर्ने, प्रतिव्यक्ति ८२० डलर तिर्नुपर्ने

हिमालय एयरलाइन्सले दमाममा चाटर्ड उडान गर्ने, प्रतिव्यक्ति ८२० डलर तिर्नुपर्ने



काठमाडौं । नेपालमा रहेका भारतीय नागरिक लैजान हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाममा ३ वटा चाटर्ड उडान गर्ने भएको छ । नेपाल सरकारको निर्णय अनुसार मे १८ मा दमामका लागि उडान तालिका निर्धारण गरिएको एयरलाइन्सले आज विज्ञप्ति मार्फत जनाएको हो ।

एयरलाइन्सले चाटर्ड उडानका लागि नयाँ भाडादर पनि तोकेको छ । काठमाडौं–दमामका लागि ८ सय २० अमेरिकी डलर तिर्नुपर्नेछ । उडानमा सहभागी यात्रुले अनिवार्य रुपमा पिसिआर परीक्षण गरेको रिपोर्ट देखाउनुपर्नेछ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL