Logo

चीनको ग्वान्जाउ र कतारमा हवाई उडान खुला, सातामा एक उडान मात्र हुने

चीनको ग्वान्जाउ र कतारमा हवाई उडान खुला, सातामा एक उडान मात्र हुने



काठमाडौं । सरकारले चीनको ग्वान्जाउ र कतारमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले चीन र कतारमा हवाई उडान खुला गर्ने निर्णय गरेको हो ।

उक्त देशमा साताको एक / एक उडान गर्ने गरि हवाई उडान खुला गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिए । कोरोना पछिको बढ्दो निषेधाज्ञाको कारण अन्तरराष्ट्रिय उडान बन्द हुँदा कोभिड उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री आयात र अलपत्र परेका नेपाली उद्धारमा कठिनाई भएसँगै ती दुई देशमा सरकारले हवाई उडान खुला गर्ने निर्णय गरेको हो ।
तर कहिलेदेखि र कुन कुन बार उडान खुला गर्ने भन्ने विषयमा भने निर्णय नभएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL