Logo

९२ आरोहीले चढे सगरमाथा, बहराइनका राजकुमार खलिफाले चुमे सगरमाथाको चुचुरो

९२ आरोहीले चढे सगरमाथा, बहराइनका राजकुमार खलिफाले चुमे सगरमाथाको चुचुरो



काठमाडौं । यो बर्षको पहिलो चरणमा ९२ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार मंगलबार सम्ममा ९२ आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । कुल ९२ जनामध्ये बैंशाख २४ गते १२ जना र बैंशाख २८ गते बिहान ८० जनाले सगरमाथा आरोहण गरेको विभागले जानकारी दिएको छ । 

सगरमाथाको चुचुरोमा पुग्ने ९२ जना आरोहीमध्ये बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफाले पनि सफल आरोहण गरेका छन् । उनीसहितकोे १६ सदस्यीय टोली मंगलबार बिहान सगरमाथाको सफल आरोहण गरेका हुन् ।

सरकारले सगरमाथा लगायत विभिन हिमालको आरोहण खुला गरेसँगै बैंशाखा २४ गतेदेखि सगरमाथाको आरोहण शुरु भएको थियो । आरोहण सुरु भएको ५ दिनमा ९२ जना आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । यस वर्ष सगरमाथा आरोहणका लागि मात्रै ४३ समूहका ४०७ आरोहीले अनुमति लिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL