Logo

अन्तरराष्ट्रिय उडान प्रतिवन्ध जेठ १७ सम्म लम्बियो, चार्टर्ड उडान भने हुने

अन्तरराष्ट्रिय उडान प्रतिवन्ध जेठ १७ सम्म लम्बियो, चार्टर्ड उडान भने हुने



काठमाडौं । नेपालमा हुने अन्तराष्ट्रिय उडानमाथीको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै सबै वायुसेवा कम्पनीलाई यस्तो जानकारी गराएको हो ।

यसबीच भारतसँग भने एयर बबल अन्तर्गत सातामा दुई उडान भने निरन्तर रहने छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिवन्ध लगाएको थियो ।

यसबीच एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL