Logo

चीनबाट आईपुग्यो ४ सय थान अक्सिजन सिलिन्डर र भेन्टिलेटर, थप सिलिण्डर उत्पादन गर्दै

चीनबाट आईपुग्यो ४ सय थान अक्सिजन सिलिन्डर र भेन्टिलेटर, थप सिलिण्डर उत्पादन गर्दै



काठमाडौं ।कोेरोना रोकथाम तथा नियन्त्रणका लागि ४ सय थान अक्सिजन सिलिण्डरलगायत सामग्रीहरु चीनबाट आईपुगेको छ । सोमबार राति साढे ११ बजे नेपाल बायुसेवा निगमको जहाजमार्फत चीनको बेईजिङबाट ४ सय थान अक्सिजन सिलिण्डर, १ सय ६० अक्सिजन कन्सन्ट्रेटर र १० थान भेन्टीलेटरसहित ४० टन सामग्री आएको हो ।

सरकारले चीनबाट २० हजार थान अक्सिजन सिलिण्डर आयात गर्ने योजना बनाएको छ । जसमध्ये हाल उत्पादन गरिएका सिलिण्डरहरु ल्याईएको हो ।

सरकारले अन्य सामाग्री उत्पादन भईसकेपछि लगत्तै पुनः निगमको जहाज उक्त सामान ल्याउन जाने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्