Logo

यात्रुहरुलाई समयमै सम्पर्क गर्न आग्रह गर्दै यति एअरलाइन्सले भन्यो-आजको सबै उडान यथावत सञ्चालन हुन्छ

यात्रुहरुलाई समयमै सम्पर्क गर्न आग्रह गर्दै यति एअरलाइन्सले भन्यो-आजको सबै उडान यथावत सञ्चालन हुन्छ



काठमाडौं । यति एयरलाइन्स र तारा एअरले आजको लागि पूर्वनिर्धारित सम्पूर्ण उडानहरु यथावत रहेको जनाएको छ ।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा संचालकहरु बीचको छलफलपश्चात उडान सुरक्षा र स्वास्थ्य मापदण्ड पालना गर्ने गरि प्रत्येक २० मिनेटमा एउटा उडानको कोटा तय गर्दा यतीले १० वटा उडान गर्ने कोटा पाएको थियो ।

हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार राति १२ बजेपश्चात आन्तरिक उडान बन्द गर्ने निर्णय गरेपछि यात्रुहरूको सुविधालाई ध्यानमा राखि आज निर्धारित सम्पूर्ण उडान तालिका यथावत रहेको यती एअरलाइन्सले जनाएको छ ।

साथै, उडानका लागि समयमा नै सम्पर्क गर्न यति एयरलाइन्सले यात्रुहरुलाई आव्हान गरेको छ । यति एअरलान्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार भोलिदेखि सम्पूर्ण उडानहरु बन्द हुने भएपछि यात्रुहरूबाट आज उडान भर्ने माग बढेकोले यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै उडान सुरक्षा र स्वास्थ्य मापदण्डलाई अनुसार सम्पूर्ण उडानहरु यथावत गरेको हो ।

ुकोटा प्रणाली अनुसारको उडान तालिकामा कतिपय गन्तव्यका हाम्रा उडानहरु बन्द गर्नुपरेको थियो । आजका सम्पूर्ण उडान यथावत रहनेछु, बर्तौलाले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL