Logo

कोरोना बढेसँगै आन्तरिक उडानमा तोकियो कोटा, अब २० मिनेटको फरकमा मात्रै उडान

कोरोना बढेसँगै आन्तरिक उडानमा तोकियो कोटा, अब २० मिनेटको फरकमा मात्रै उडान



काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानमा कोटा प्रणाली तोकेको छ । पछिल्लो समय बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै विमानस्थलले आन्तरिक उडानमा कोटा प्रणाली तोकेको हो । बढ्दो कोरोना संक्रमणलाई फैलिन नदिन आन्तरिक उडाननै रोक्न दबाब दिईरहेको बेला विमानस्थलले कोटा प्रणाली लागू गरेको हो ।

कोटा प्रणाली अनुसार अब प्रत्येक २० मिनेटमा एक मात्र उडान हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा संचालकहरुबीच आज भएको छलफलबाट उडान सुरक्षा तथा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी २० मिनेटमा एउटा उडान गर्ने सहमति भएको हो ।

कोटा प्रणाली अनुुसार अब दैनिक ३५ वटा उडान मात्र त्रिभुवन विमानस्थलबाट हुने भएको छ । जसका एयरलाईन्स अनुसार उडानको कोटा दिईएको छ । नयाँ कोटा प्रणाली अनुसार बुद्ध एयरले सबैभदा बढी दैनिक १८ वटा उडान गर्ने भएको छ । यस्तै यति एयरलाइन्सले १० वटा उडान गर्ने छ भने श्री एयरलाइन्सले ५सौर्य एयरलाइन्सले २ र दूर्गम भेगका लागि एउटा उडान गर्न पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL