Logo

९५ प्रतिशत प्रतिबन्ध हटाइने बित्तिकै विदेश यात्रा गर्ने चाहनामा, ८७ प्रतिशत तुरुन्तै बिदेश घुम्न आतुर

९५ प्रतिशत प्रतिबन्ध हटाइने बित्तिकै विदेश यात्रा गर्ने चाहनामा, ८७ प्रतिशत तुरुन्तै बिदेश घुम्न आतुर



काठमाडौं । विगत १६ महिनायता विश्वमा कसैलाई पनि बिदेश जान पहिलेजस्तो सजिलो छैन् । गत वर्ष डिसेम्बरमा चीनमा पहिलोपटक कोरोना भाइरस (कोभिड–१९) संक्रमण फेला परेसँगै र संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै विश्वभर यात्रा प्रतिबन्धहरु शुरु भएसँगै विश्वको पर्यटन बजार ठप्प छ ।

यसले एक देशबाट अर्को देश पुगेर घुमफिर गर्ने पर्यटकहरु अहिले आफ्नै देश वा क्षेत्रमा खुम्चिन विवश छन् । यसै सन्दर्भमा शेन्जेनभिसाइन्फोले गरेको नयाँ अध्ययनले ९५ प्रतिशत पर्यटकहरु प्रतिबन्ध हटाइने बित्तिकै विदेश यात्रा गर्ने चाहनामा रहेको तथ्य उजागर गरेको छ ।

अध्ययनमा संलग्न अधिकांश यात्रीहरू अर्थात ९५ प्रतिशतले प्रतिबन्ध हटने बित्तिकै यात्रा गर्ने विचार गरेको बताएका छन् भने ८७ प्रतिशतले आफुहरु देश बाहिर यात्राका लागि आतुर रहेको बताएका छन् ।

सहभागीहरूमध्ये तीन–चौथाईले पहिलो पटक सीमा खुला भएको अवस्थामा पहिले परिवारका सदस्यहरू र साथीहरूलाई भेट्न जाने चाहना व्यक्त गरे ।

जसमा ५४ प्रतिशतले त कोभिड भाइरसको फैलावट र यसको उत्परिवर्तनको बाबजुद अहिले विदेश जान धेरै जोखिमपूर्ण नरहेको विश्वास गर्छन् । यस्तै एक तिहाई भन्दा कमले उनीहरू यस वर्ष आफ्नो देश बाहिर यात्रा गर्न सक्षम हुने बताएका छन् ।

अध्ययनमा संलग्न मध्ये ७१ प्रतिशतले यात्रा प्रतिबन्धका कारण दम्पतीहरूले सबैभन्दा बढी दुः ख भोग्नु परेको बताए । कोभिड–१९ को प्रसार रोक्नको यात्रा गर्दा यात्रुहरूलाई परीक्षण गर्न बाध्य पार्नु सबैभन्दा प्रभावकारी हुने सर्वेक्षणमा सहभागी ६ं२ प्रतिशतको मत छ ।

जसमा आधा भन्दा बढीले यात्राको लागि कोभिड खोप अनिवार्य हुनु पर्छ भन्ने मत दिए । यस्तै उत्तरदाताहरूमध्ये ८१ प्रतिशत खोप प्रमाणपत्रहरूसँग परिचित रहेको बताए भने बाँकीले यसबारेमा कहिल्यै नसुनेका उल्लेख गरेका छन् । ट्राभलडेलीबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL