Logo

एनसेलले आफ्नै एप स्टोर ‘एनसेल एप संसार’ ल्यायो, डाउनलोड निःशुल्क

एनसेलले आफ्नै एप स्टोर ‘एनसेल एप संसार’ ल्यायो, डाउनलोड निःशुल्क


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

७ असोज, काठमाडौं । निजी क्षेत्रको सवैभन्दा ठूलो मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले  आफ्नै एप स्टोर निर्माण गरेको छ । एनसेलले असोज ८ गतेदेखि सञ्चालन हुने गरी ‘एनसेल एप संसार’ निर्माण गरेको हो ।

एनसेलले नेपाली मोबाइल एपको वितरणमा योगदान पु¥याउने उद्देश्यले कम्पनीले उक्त एप स्टोर सञ्चालनमा ल्याएको जनाएको छ । उक्त स्टोर मार्फत एनसेलका सम्पूर्ण ग्राहकले अब एकै ठाउँबाट प्रचलित नेपाली मोबाइल एप निःशुल्क डाउनलोड गर्न सक्नेछन् ।

हाल एनसेल एप संसारमा कृषि, बिजनेस, शिक्षा, पर्यटन, मनोरञ्जन, समाचार, सामाजिक सञ्जाल र अन्य गरि नौ वटा विभिन्न विधाका २५ वटा भन्दा बढी प्रचलित मोबाइल एप उपलब्ध रहेको जनाइएको छ । हाम्रो पात्रो, नबिल एम—बैंक, हाम्रोबजार लगायतका प्रचलित नेपाली एपका स्टोरमा एपलल्ब्ध छन् । त्यस्तै, एनसेल एप क्याम्प २०१४ मा सहभागीहरुले निर्माण गरेका आईएफए कृषी, एल्लो नेपाल, मेरो एन्सर, एग्री टेक, केयर क्रपलगायतका एप पनि उक्त स्टोरमा उपलब्ध छन् ।

‘एनसेल एप संसार’मा नेपाली एप निर्माताले आफ्नो मोबाइल एप निःशुल्क होस्ट गर्न सक्छन् । त्यस्तै, ग्राहकले पनि http://www.ncell.com.np/ncellappsansar मा गएर आफ्नो इच्छाअनुसारको एप डाउनलोड गर्न सक्ने कम्पनीले जनाएको छ ।

एनसेल एप क्याम्प २०१४ मा गरिएकोे प्रतिवद्वता अनुरुप नेपाली मोबाईल एपको बितरणलाई सघाउन एनसेलले एनसेल एप संसार संचालनमा आएको एनसेलका कार्यकारी प्रमुख एरिम टाईलानलरले  बताए । ‘मोबाईल एपको बजारीकरण तथा एप उद्योगको विकासका लागी एप मार्केट प्लेसको महत्वपूर्ण भूमिका रहन्छ’ उनले भने, ‘त्यसैले एनसेल एप संसारले यी उद्देश्यपूर्ति गर्दै देशमा मोबाइल एपको विकासका लागी उल्लेखनिय योगदान पुप्याउने विश्वास छ ।’

एनसेल एप संसारमा सबै नेपाली एप निर्माताले आफ्नो मोबाइल एप निःशुल्क होस्ट तथा प्रवद्र्धन गर्न सक्छन् । एप निर्माताले हाल आफ्नो एपको बितरण गर्न अन्तराष्ट्रिय स्टोरको भर पर्नु पर्ने अवस्थाको अन्त्य गर्नुका साथै निर्मातालाई यस क्रममा भोग्नु पर्ने विभिन्न समस्याहरुबाट पनि छुटकारा प्रदान गर्नेछ ।

एनसेल एप संसार यही असोज ८ बाट संचालनमा आएको छ । एनसेलका सबै प्रिपेड तथापोस्टपेड ग्राहकले एप संसारमा भएका कुनै पनि एप निःशुल्क आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्छन् । डाउनलोड गरे पश्चात एप प्रयोग गर्दा डेटा प्रयोग भएमा भने विद्यमान डेटा शुल्क लाग्नेछ । हाल एनसेल एप संसारमा एन्ड्रोइड एप मात्र उपलब्ध छ । आईओ एस र विन्डोज ग्राहकका लागी पनि छिटैनै एप उपलब्ध गराईने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL