Logo

कोरोना महामारी रोकथाममा एनसेलको साथ : सरकार र ग्राहकलाई साढे ९ अर्बको राहत प्रदान

कोरोना महामारी रोकथाममा एनसेलको साथ : सरकार र ग्राहकलाई साढे ९ अर्बको राहत प्रदान



काठमाडौं । निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक कम्पनी एनसेलले कोरोना महामारीमा मात्रै साढे ९ अर्ब बढीको राहत उपलब्ध गराएको जनाएको छ । कम्पनीले आफ्ना विभिन्न प्याकेज, बोनस, स्किम, सरकारको कोरोना कोषमा उपलब्ध गराएको रकमलगायत गरेर ९ अर्ब ६३ करोड बराबरको राहत प्रदान गरेको हो ।

कम्पनीले कोरोना भाईरस (कोभिड–१९ं) को महामारीका कारण लागु गरिएको लकडाउनको भोलीपल्ट अर्थात चैत १२ गतेदेखि आफ्नो सेवाअनुसारको राहत उपलब्ध गराउँदै आएको थियो । जसमा मोबाईल रिचार्जमा बोनस, विभिन्न प्याकेज सुविधा, स्किमलगायत समेटिएका छन् ।

कम्पनीले चैत १२ गतेबाट रिचार्जमा ५० प्रतिशत बोनस दिन थालेको थियो । यस्तै कम्पनीले त्यसको भोलीपल्टैबाट ५० प्रतिशतबाट बढाएर १ सय २० प्रतिशत बोनस ब्यालेन्स दिन थालेको थियो ।जसमार्फत आफ्ना सेवाग्राहीलाई ९ अर्ब ३० करोड बराबरको राहत उपलब्ध भएको कम्पनीको भनाई छ ।

साथै कम्नपीले कोरोना भाईरसले निम्त्याएको लकडाउनमा आफ्ना सेवाग्राहीको जनवजीवनलाई सहजीकरण गर्नका लागि भन्दै २ सय ३० रुपैयाँमै १५ जीबी डाटा लिन सकिने गरी स्टे होम प्याक सार्वजनिक गरेको थियो । यस्तै सरकारले लकडाउन अवधिभर ईन्टरनेट सेवामा २५ प्रतिशत छुट दिनुपर्ने निर्णय गरेपछि कम्पनीले मोबाईल डाटामा २५ प्रतिशत छुट दिएको थियो ।

एनसेलले महामारीमा सेवाग्राहीको सहजीकरणका लागि भन्दै म्यासेजमार्फत जनचेतना दिँदा झण्डै ४ साढे ४ करोड त एसएमएस मात्रै पठाएको थियो । यस्तै कम्पनीले फोन गर्दा रिंगटोन पनि महामारीबाट सचेत हुनेगरी बनाएको थियो ।

कम्पनीले सेवाग्राहीले आफै कोरोना परिक्षण गर्न सक्नेगरी सेवा सुरु गरेको थियो । जसमार्फत सेवाग्राहीले आफुलाई संक्रमण भएनभएको पत्ता लगाएका थिए । यस्तै कम्पनीले सरकारलाई हटलाईन नम्बरको पहुँच पनि पुर्याएको थियो । विदेशमा रहेका नेपालीलाई नेपालमा फोन गर्न सहजीकरण, डाक्टरसँग सम्पर्क गर्ने हटलाईनलगायतका सेवाहरु पनि कम्पनीले महामारीको अवधिमा उपलब्ध गराएको छ ।

कम्पनीले त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुलाई अनलाईन क्लासको पहुँच पुर्याउन, अन्य विद्यार्थीहरुलाई पनि उक्त सेवामा सहयोग पुर्याउन हिसान, प्याब्सन, एनप्याब्सनलगायतसँग अनलाईन क्लासका लागि सम्झौता गरेको थियो ।

यस्तै कम्पनीले सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा १० करोड रुपैयाँ सहयोग गरेको थियो । यस्तै कम्पनीले महामारीकै अवस्थामा विवादित करसमेत चुक्ता गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL