Logo

नेपाल टेलिकमले कमायो ८ अर्ब ५५ करोड नाफा, भ्वाइस कलमा कमी आउँदा आम्दानीमा असर

नेपाल टेलिकमले कमायो ८ अर्ब ५५ करोड नाफा, भ्वाइस कलमा कमी आउँदा आम्दानीमा असर



काठमाडौं । नेपाल टेलिकमले ८ अर्ब ५५ करोड नाफा कमाएको छ । टेलिकमको नाफा भने गएको वर्ष भन्दा घटेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा र आम्दानी दुबै घटेको हो।

प्रयोगकर्ता बढ्दै गएपनि कम्पनीको सेवा बिक्री तथा अन्य व्यापारिक शिर्षकबाट हुने आम्दानीमै गिरावट आएपछि त्यसको प्रभाव नाफामा पनि परेको हो ।


कम्पनीको आम्दानी २ अर्बले घटेको छ। गएको वर्षको वित्तीय विवरणअनुसार कम्पनीले ४१ अर्ब ४९ करोड रुपैयाँ आम्दानी गरेको छ। यसमा ग्राहकबाट हुने आम्दानी ३४ करोड छ भने बाँकी अन्य ट्रेडिङबाट भएको छ ।

कम्पनीले लकडाउन अवधिमै २ अर्ब आम्दानी गुमाएको छ। चैतदेखि असारसम्मको अवधिमा भएको गएको वर्षको आम्दानी अघिल्लो वर्षको तुलनामा २ अर्ब न्यून छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४३ अर्ब ८३ करोड थियो । आम्दानी घटेपछि खर्च कटौति पनि गर्न नसक्दा कम्पनीको नाफा स्वभाविक रुपमा घटेको छ।

टेलिकमले गएको वर्ष खुद नाफा ८ अर्ब ५५ करोड रुपैयाँ कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा १ अर्ब २० करोडले न्यून हो । पछिल्लो समय कम्पनीका ग्राहक बढेपनि भ्वाइस कलको व्यापार घटेको तथा इन्टरनेटबाट पनि मनग्य आम्दानी नहुँदा कम्पनीको आम्दानी तथा नाफामा असर परेको हो ।

प्रतिक्रिया दिनुहोस्