Logo

एनटिसी जिएसएम प्रिपेडको डाटामा नयाँ योजना, मंगललवार देखि लागु हुँदै

एनटिसी जिएसएम प्रिपेडको डाटामा नयाँ योजना, मंगललवार देखि लागु हुँदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

३२ साउन,काठमाडौं । नेपाल टेलिकमले जिएसएम प्रिपेड मोवाइल फोनमा डाटा प्याकेज सार्वजनिक गरेको छ । सो प्याकेज मंगलवारदेखि लागु हुने टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् । टेलिकमले सार्वजनिक गरेको नयाँ प्याकेजलाई ब्रोञ्ज प्याक, सिल्भर प्याक र गोल्ड प्याक गरी तीनवटामा वर्गीकरण गरिएको छ ।

ब्रोञ्ज प्याक अन्तर्गत १ महिनाका लागि २ सय एमबी डाटा १ सय ३० रुपैयाँमा पाइन्छ । त्यस्तै ५ सय एमबीको डाटा ३ सय रुपैयाँमा लिन सकिन्छ ।

यस्तै सिल्भर प्याकमा १ जिबीको डाटा ५ सय रुपैयाँमा महिनाभरमा चलाउन सकिन्छ । यो योजना अनुसार तीन जिबी डाटा १हजार २सय ९० रुपैयाँमा दुई महिना चलाउन सकिने टेलिकमले जानकारी दिएको छ । त्यस्तै टेलिकमको गोल्ड प्याक अन्तर्गत ५ जिबी डाटा १ हजार ८ सयमा तीन महिना चलाउन सकिन्छ भने १० जिबी डाटा २ हजार ८ सयमा ६ महिना चलाउन सकिने छ ।

सो सुविधा लिन चाहनेले भोल्यूम उल्लेख गरी १४१५ मा एसएमस पठाउनु पर्ने छ । त्यस्तै प्रयोग गरेको डाटा भोल्यूम थाहा पाउन भिएल टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्ने टेलिकमले जनाएको छ । टेका अनुसार २७ पैसा भन्दा कममा एक एमबी डाटा चलाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL