Logo

विपत्तिको पूर्वसूचना दिदै टेलिकम, रेडक्रससँग सम्झोता

विपत्तिको पूर्वसूचना दिदै टेलिकम, रेडक्रससँग सम्झोता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२८ वैशाख, काठमाडौं ।
नेपाल टेलिकमले आफ्ना ग्राहकलाई विपत्तिको पूर्व सूचना दिने भएको छ । कम्पनीले नयाँ प्रणालीको जडन तथा सञ्चाल गरी एसएमएस मार्फत विपत्तिको पूर्वसूचना दिने भएको हो । टेलिकमले य नेपाल रेडक्रसँग मिलेर विपत्तिको जानकारी दिने प्रणालीको जडान तथा सञ्चालन गर्ने भएको हो ।
प्राकृतिक विपत पूर्वतयारी तथा न्युनीकरणका  लागि आवश्यक प्रणाली जडान तथा सञ्चालनका लागि नेपाल टेलिकम र नेपाल रेडक्रसबीच सम्झौता समेत भएको छ । सोमवार भएको उक्त सम्झौतामा टेलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्य र नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देव रत्न धाख्वाले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा प्रबन्ध निर्देशक आचार्यले विपतको समयमा उपयुक्त सूचना आवश्यक हुने भएकाले उक्त आवश्यकता पुरा गर्न सम्झौता गरिएको बताए । नेपाल रेडक्रस सोसाइटीका महामन्त्री धाख्वाले यो सम्झौतासँगै नेपाल रेडक्रस सोसाइटी नेपाल टेलिकमका साथ सामाजिक कार्यमा संलग्न हुन पाएकोमा खुसी ब्यक्त गरे ।
सम्झौताअनुसार इन्टरनेशनल फेडरेशन आफ रेडक्रश एण्ड रेडक्रेसेनट सोसाईटी (आईएफआरसी)को सहयोगमा ‘ट्रिलोजि इमर्जेन्सी रिलिफ एप्लीकेशन (टीईआरए) सिष्टम’ले प्राकृतिक विपत्तिको सम्भावना भएका वा विपत्तिमा परेका टेलिकमका उपभोक्तालाई एमएमएस पठाउने छ । बाढी–पहिरो, खाद्य असुरक्षा, विभिन्न प्रकारका रोगब्याधी, भूकम्प आदिसँग सम्बन्धित सूचना गृह मन्त्रालय तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा तयार गरी विपत्ती हुनु अगावै, विपत्तीको समयमा र विपत्ती पश्चात पठाइने कम्पनीले जानकारी दिएको छ । प्रारम्भमा यो प्रणाली कोशी नदी किनाराका बासिन्दा तथा भूकम्पपीडित गरी ११ लाख जनसंख्यालाई जानकारी उपलब्ध गराउनका लागि छिट्टै नै प्रयोगमा ल्याउन लागिएको बताइएको छ ।
आईएफआरसीकी नेपाल प्रतिनिधि रित्भा लाह्तीले हालै गएको विनाशकारी भूकम्पका कारण पीडित बनेका नेपाली जनताका लागि यो प्रणाली प्रभावकारी हुने विश्वास ब्यक्त गरिन् । नेपाल टेलिकम, व्यापार व्यवस्थापन विभागका नायब प्रबन्ध निर्देशक सुभाषचन्द्र साहले यो प्रणालीको संचालनबाट कम्पनीका जीएसएम मोवाइल फोनका ग्राहकले निःशुल्क रुपमा प्राकृतिक विपत्तीको सूचना प्राप्त गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्