Logo

रणनीतिक साझेदारसँग मिलेर ‘मोबाइल मनी’ संचालन गर्दै टेलिकम

रणनीतिक साझेदारसँग मिलेर ‘मोबाइल मनी’ संचालन गर्दै टेलिकम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले रणनीतिक साझेदारसँग मिलेनर ‘मोबाइल मनी’ सेवा संचालनमा ल्याउने भएको छ । टेलिकम आफैले सहायक कम्पनी स्थापना गरी मोबाइल मनी सेवा संचालन ल्याउने तयारी गरेपनि तत्कालका लागि रणनीतिक साझेरदासँग मिलेर ल्याउन लागिएको टेकिममा प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताईन ।

टेलिकमले भर्खरै नेपाल राष्ट्र बैंकबाट मोबाइल मनी संचालन स्वीकृति पाएका कम्पनीसँग ‘रेभिन्यु सेयरिङ’को आधारमा सेवा संचालनमा ल्याउन लागेको हो । ‘तत्कालका लागि हामी ‘भ्यालु एड’ सर्भिसमा जान लागेका छौं,’ उनले भनिन्, ‘आफ्नै सहायक कम्पनी स्थापना गरेर संचालनमा ल्याउँदा ढिलाइ हुने भएकाले तत्कालका लागि साझेदारसँग मिल्न लागेका हौं ।’

केही समय अघि नेपाल राष्ट्र बैंकले आइएमई पे, प्रभु टेक्नोलोजी र सिजी पेलाई मोबाइल मनी संचालनका लागि टेलिकमले स्वीकृति प्रदान गरेको छ । हाल तीनवटै कम्पनीले टेलिकमसँगको सहकार्यमा मोबाइल मनी सेवा संचालनका लागि प्रस्ताव पेश गरेका छन् । ती मध्ये कुन कम्पनीसँगका सहकार्यमा मोबाइल मनी संचालमा ल्याउने भन्ने विषयमा छलफल भइरहेको राजभण्डारीले जानकारी दिइन् । ‘हामीले रेभिन्यु सेयरिङमा उक्त सेवा संचालन गर्ने हो,’ उनले भनिन्, ‘जोसँग सहकार्य गर्दा संस्थालाई फाइदा हुन्छ त्यसैसँग सहकार्य गर्नेछौं ।’

शुरुवाती चरणमा साझेदारसँग मिलेर मोबाइल मनी संचालनमा ल्याए पनि केही समयपछि आफैले सहायक कम्पनी खोलिने समेत उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL