काठमाडौं । दुरसञ्चार सेवा प्रदायक एनसेलले ग्रामिण क्षेत्रमा विद्युत, दुरसञ्चार र पानीको सहज पहुँचसहित समाजमा नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरेका दुई परियोजना जीएसएम एसोसिएसनको एसिया मोबाइल अवार्ड्स २०१७ को अन्तिम सुचीमा छनोट भएको छ ।
जीएसएमले हालै सार्वजनिक गरेका अन्तिम सुचीमा सामाजिक तथा आर्थिक विकास विधा अन्तर्गत एनसेलका दुई परियोजना दुई फरक अवार्डका लागि छनोटमा परेका हुन् । आगामी असा १४ गते चीनको संघाइमा हुने एसियन मोबाइल अवार्डस् २०१७ को कार्यक्रममा प्रदान गरिनेछ ।
राष्ट्रिय विद्युत प्रशारण लाइन नपुगेका खोटाङ्ग र उदयपुर जिल्लाका ग्रामिण समुदायहरुमा सौर्य लघुग्रिडलाई प्रबद्र्धन गर्दै स्थानियवासीलाई उर्जा र मोवाइल सेवा सुनिश्चित गर्न एनसेलले घामपावर नेपाल प्रा.लिसँग मिलेर गरेको प्रयास जिएसएमएको ‘बेस्ट मोबाइल इनोभेसन फर इमर्जिङ्ग मार्केट्स’ अवार्डका लागि मनोनित भएको छ । यो प्रयास अन्र्तगत, एनसेलले घाम पावर नेपालसँगको सहकार्यमा ३ वटा सौर्य लघुग्रिडहरुको आर्थिक संभाव्यता सुनिश्चित गर्दै उत्पादित सौर्य उर्जामा समुदायको पहुँचलाई संयुक्तरुपमा प्रवर्धन गरिरहेको छ, जसले उक्त समुदायहरुमा नयाँ आर्थिक तथा सामाजिक लाभका अवसरहरुको सिर्जना गर्न मद्दत पुर्याएको छ ।
एनसेलले संचालन गरेको वाटर फर एग्रिकल्चर लाइभलिहुड परियोजना ‘आउटस्ट्यान्डिङ्ग मोबाइल कन्ट्रिब्युसन टु युएन एसडिजिज् इन एसिया’ अवार्डका लागि अन्तिम सूचीमा परेकोछ । यस सामाजिक पहलमा एनसेलले स्याङ्जा जिल्लाका ३ गाउँहरु इलादी, दिप्का र ठुलादीमा स्वच्छ प्रविधिमार्फत खानेपानी तथा सिंचाइको सुविधामा पहुँच पु¥याई कृषी उत्पादकत्व बढाउन तथा व्यावसायीक खेती मार्फत आय आर्जन गर्न, सरसफाई तथा पोषणमा सुधार ल्याउन योगदान पुर्याएको छ । परियोजनामा प्रयोग भएको स्मार्ट मिटरले समुदायलाई घरेलु तथा सिंचाईका लागि पानीको व्यवस्थापन गर्न मद्दत पु¥याएको छ ।