Logo

नमस्ते पे ले ल्यायो नेपाल टेलिकम र एनसेल सेवाहरूमा आकर्षक क्यासब्याक अफर

नमस्ते पे ले ल्यायो नेपाल टेलिकम र एनसेल सेवाहरूमा आकर्षक क्यासब्याक अफर



काठमाडौँ । नमस्ते पे ले आफ्ना प्रयोगकर्ताहरूलाई नेपाल टेलिकम सेवाहरू र एनसेल रिचार्जमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । यो अफर ४ मंसिरदेखि ३० माघसम्म मान्य हुनेछ ।

यस अफरअन्तर्गत, नेपाल टेलिकमका सेवाहरू जस्तै रिचार्ज, ल्यान्डलाइन, एफटीटीएच र एटीएसएलको बिल भुक्तानी तथा एनसेल रिचार्ज गर्दा नमस्ते पे प्रयोगकर्ताहरूले २ प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यस्तै, फ्राइडे फ्ल्यास अफरअन्तर्गत, प्रत्येक शुक्रबार निश्चित समय अवधि का लागि प्रयोगकर्ताहरूले नेपाल टेलिकम र एनसेलमा रिचार्ज गर्दा ५ प्रतिशत (अधिकतम रु. २० सम्म) क्यासब्याक प्राप्त गर्न सक्छन् ।

साथै, नेपाल टेलिकमका एफटीटीएच र ल्यान्डलाइन सेवा भुक्तानी गर्दा ४ प्रतिशत(अधिकतम रु. १५० सम्म)को क्यासब्याक प्राप्त गर्न सकिन्छ । क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

प्रतिक्रिया दिनुहोस्