Logo

अन्तत यूटीएलले युनिफाईड लाईसेन्स लियो, अब देशैभर जीएसएमलगायत सेवा चलाउन पाउने

अन्तत यूटीएलले युनिफाईड लाईसेन्स लियो, अब देशैभर जीएसएमलगायत सेवा चलाउन पाउने


बिजखबर संवाददाता
0
Shares

दूरसञ्चार प्राधिकरणको बारम्बारको तोकेता र लामो प्रयासपछि अन्तत यूटीएलले दूरसञ्चार सेवाको एकीकृत अनुमतिपत्र (युनिफाईड लाईसेन्स) लिएको छ । यूटीएलले किस्तावापतको २० करोड रुपैयाँलगायत सवै बक्यौता गत शुक्रवार चुक्ता गरेपछि प्राधिकरणले सोमवार युनीफाईड लाईसेन्स दिएको हो ।
करीब चार वर्षअघि नै सरकारले यूटीएललाई युनिफाईड लाईसेन्स दिने निर्णय गरेको थियो । तर, यूटीएलले सर्त र दायित्व पुरा गर्न अटेर गर्दै लाईसेन्स लिएको थिएन । प्राधिकरणले अघिल्लो वर्षदेखि दायित्व पुरा गरेर लाईसेन्स लिन ताकेता गर्दै आएको थियो । अन्ततः प्राधिकरणको चेतावनी र दवावपछि यूटीएलले सोमवार युनिफाईड लाईसेन्स लिएको प्राधिकरणका अध्यक्ष दिगाम्बर झाले बताए ।
दूरसञ्चार प्राधिकरणले २०६९ चैतमा यूटिएल र स्मार्ट टेलिकमलाई युनिफाइड लाइसेन्स दिने निर्णय गरेको थियो । स्मार्टले लगत्तै लाईसेन्स लियो तर, यूटीएलले भने त्यसको साढे तीनवर्ष सोमवार युनिफाईड लाईसेन्स लिएको हो । यूनीफाईड लाईसेन्स लिएपछि उसले देशैभर जीएसएम, सीडीएमए, फिक्स्डलगायत सवैखाले सेवा सञ्चालन गर्न सक्ने छ ।
हाल यूटीएलले नेपालको ४० जिल्लाका करीब १ सय १० प्रमुख शहरहरुमा ‘लिमिटेड मोविलिटि’ प्रविधिमा आधारित टेलिफोन सेवा उपलब्ध गराउँदै आएको छ । अब कम्पनीले देशैभर सवैखाले दूरसञ्चार सेवा सञ्चालन गर्न सक्ने छ ।
यूटीएलमा भारतका तर्फबाट टेलिकम्युनिशन्स कन्सल्टस इण्डिया लिमिटेडको २६ दशमलव ६६, टाटा कम्युनिकेशन लिमिटेडको २६ दशमलव ६६ प्रतिशत र बाकी २६ दशमलव ६८ प्रतिशत शेयर महानगर निगम लिमिटेडको रहेको छ । नेपालका तर्फबाट यूटीएलमा नेपाल भेञ्चर्स प्रालिको २० प्रतिशत शेयर रहेको छ ।
हालसम्म नेपाल टेलिकम, एनसेल र स्मार्टले युनिफाईड लाईसेन्स लिएका थिए । अब यूटीएलले पनि लाईसेन्स लिएपछि ‘युनिफाईड लाईसेन्स’ लिने कम्पनी चार ओटा भएका छन् । हाल सञ्चालनमा रहको  ६ ओटा टेलिफोन कम्पनीमध्ये  टेलिकम, एनसेल, स्मार्ट र यूटीएल समान धरातल (लेबल अफ प्लेईङ फिल्ड) मा आईसकेको छ । अब सीजी कम्युनिकेशन र नेपाल स्याटेलाईटलाई समान धरातलमा ल्याउन बाकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्