Logo

पाँच शहरमा शुरू हुँदै एनसेल मेला, रिब्राण्डिङसँगै कन्सर्टसहितका कार्यक्रम

पाँच शहरमा शुरू हुँदै एनसेल मेला, रिब्राण्डिङसँगै कन्सर्टसहितका कार्यक्रम


बिजखबर संवाददाता
108
Shares

मोबाईल सेवा प्रदायक एनसेलले आफ्नो रिब्राण्डिङका लागि मुलुकका विभिन्न पाँच सहरमा मेला आयोजना गर्ने भएको छ । कम्पनीले रिब्राण्डिङ पश्चात नजिकिदै गरेको चाँडपर्वको अवसर पारेर नारायणघाट, पोखरा, बुटवल, धरान र बिर्तामोडमा एनसेल मेला गर्ने भएको हो । मेलामा कन्सर्ट, गेमिङलगायत मनोरञ्जनात्मक कार्यक्रम गरिने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले जानकारी दिए ।
मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला यही भादौ ३० गते नारायणघाट (नारायणी किनार) मा, असोज १ गते पोखरा (प्रदर्शनी केन्द्र, नयाँ बजार), असोज ३ गते बुटवल (सिद्घेश्वरी मैदान, दीपनगर) र असोज ६ गते धरान (पब्लिक हाई स्कुल मैदान) मा आयोजना हुनेछ । असोज ८ मा बिर्तामोड (सुगम पेट्रोल पम्प मैदान) मा आयोजना पश्चात मेलाको समापन हुने उनले बताए ।  प्रत्येक शहरमा मेला बिहान ११ बजे शुरु हुनेछ र कन्सर्ट सहित साँझसम्म चल्ने छ ।
चर्चित कलाकार तथा संगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केही विषेश आर्कषणहरु हुन् । यसदेखि बाहेक मेलामा आउने आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने छन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विषेश हाईटेक जोनमा चलाएर टेष्ट गर्न सक्ने उनले बताए ।
मेलामा कलाकारहरु सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ, समृद्घी राई र एक्स व्याण्डको प्रस्तुतीहरु रहने छन् । त्यसैगरी, युभि एन्जल्स् र डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन् । मेलामा बालबालिका लगायत सबै उमेरका लागिविविध कार्यक्रमहरु समाबेश गरिएको कम्पनीले जनाएको छ । बालबालिकालागि इन्फ्लेटेड क्यासल, मेरी गो राउण्ड र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका छन् । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाउन सक्ने उनले बताए ।
‘हाम्रा आदरणीय ग्राहकमाझ पुगी खुसीयाली साट्न र सबैसँग चाडपर्वको शुभकामना आदानप्रदान गर्न एनसेल मेला आयोजना गर्न लागिएको हो, उनले भने, ‘विविध आकर्षक कार्यक्रमहरु समावेश गरिएको यो मेलामा आउने दर्शकले भरपुर मनोरन्जन पाउने कुरामा हामी विश्वस्त छौ ।’

प्रतिक्रिया दिनुहोस्