Logo

लबिम मल र बालाजु चोकमा एनसेल शप, विविध ग्राहक सेवा उपलब्ध

लबिम मल र बालाजु चोकमा एनसेल शप, विविध ग्राहक सेवा उपलब्ध


बिजखबर संवाददाता
0
Shares

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले दुई नयाँ एनसेल शप स्थापना गरेको छ । एनसेलले पुल्चोकस्थित लबिम मल र बालाजु चोकमा एनसेल शप सञ्चालनमा ल्याएको हो ।

ग्राहकका लागि एकै ठाउँबाट विभिन्न सेवा तथा सुविधा प्रदान गर्ने उदेश्यले शप सञ्चालनमा ल्याएको जनाएको छ । एनसेल शपमा एनसेलका सेवा,  सेवाबारे जारी र प्रतिस्पर्धी बजार मूल्यमा मोबाइल सेट खरीद गर्न सकिने   छ ।Ncell Shop in LABIM Mall

एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले बुधवार लबिम मलस्थित   एनसेल शप उद्घाटन गरेका हुन् । त्यस्तै, कम्पनीका रिजनल अपरेशन निर्देशक आईबेक माखाबेतोभले बालाजुस्थित एनसेल शपको उद्घाटन गरेका हुन् ।

एनसेस शपबाट नयाँ सिमकार्ग खरीद गर्न, सिम तथा   मोबाइल नम्बर परिवर्तन गर्न, इन्टनरेट तथा एमएसएस सेटिङ गर्न, ट्यारिफ परिवर्तन तथा सियूजी सेवा परिमार्जन गर्न सकिने जानकारी दिइएको छ । त्यस्तै, रिचार्ज कार्ड किन्न, ब्यालेन्स ट्रान्सफर गर्न तथा सोधपुछ गर्न समेत सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्