Logo

विटिएस टावरमा पुर्याएको क्षतिप्रति एनटिएको ध्यानाकर्षण, यस्ता कार्य तत्काल रोक्न अनुरोध

विटिएस टावरमा पुर्याएको क्षतिप्रति एनटिएको ध्यानाकर्षण, यस्ता कार्य तत्काल रोक्न अनुरोध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरुबाट विभिन्न स्थानमा जडान गरिएको विटिएस टावरमा क्षतिपुग्ने गरी गरिएको आक्रमणप्रति खेद व्यक्त गरेको छ । एनटिएले मोवाइल तथा इन्टरनेट सेवा जस्ता सूचना तथा सञ्चारका अति आवश्यक सेवामा आक्रमण गरेको भन्दै भत्र्सना गरेको हो ।

आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो कार्यबाट यातायातको सुविधा समेत नभएको ग्रामिण क्षेत्रका सेवाग्राहीहरु न्यूनतम सञ्चार सेवाबाट वञ्चित हुने अवस्था आएको बताएको छ ।

साथै देशको आर्थिक तथा सामाजिक विकासमा नकारात्मक असर पुग्ने कार्य तत्काल रोक्न प्राधिकरण सम्वन्धित सवैसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्