Logo

एनसेलको विक्री प्रक्रिया सम्पन्न भएको टेलियासोनेराको घोषणा, नेपालमा भने करको बहस अझै जारी

एनसेलको विक्री प्रक्रिया सम्पन्न भएको टेलियासोनेराको घोषणा, नेपालमा भने करको बहस अझै जारी


बिजखबर संवाददाता
27
Shares

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको विक्रीमा नेपालमा लाभकर लाग्ने/नलाग्ने विषयको टुंगो नालग्दै माउ कम्पनीले टेलियासोनेराको विक्री प्रक्रिया सम्पन्न भएको घोषणा गरेको छ । स्वीडिस कम्पनी टेलियासोनेराले सोमवार विज्ञप्ती जारी गर्दै  एनसेल विक्रीको प्रक्रिया सम्पन्न भएको घोषणा गरेको हो ।
कम्पनीले गत १२ डिसेम्बर (६ पुस)मा मलेशियाको व्यवसायिक समूह एक्सियटा ग्रूप बरहाद (एक्सियटा)सँग भएको सम्झौताअनुसार एनसेलको विक्री प्रक्रिया सम्पन्न गरकोे टेलयासोनेराका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जोहन डेन्नेलिण्डले जनाएका छन् । उनले कम्पनीले सेप्टेम्बरमा गरेको घोषणअनुसार एनसेलबाट लगानी फिर्ता लैजाने सवै प्रक्रिाय सम्पन्न गरेको बताए । ‘गत डिसेम्बरमा मलेसियाको कम्पनी एक्सियटासँग भएको सम्झौताअुनसार एनसेल विक्रीको प्रक्रिया सम्पन्न भएको घोषणा गर्न पाउँदा म धेरै खुसी भएको छु’ उनले भनेका छन्, ‘एनसेल र यसका कर्मचारीका लागि एक्सियटा उपयुक्त लगानीकर्ता हुने छ ।’
टेलियासोनेराको व्यवस्थापन तथा सञ्चालक समितिले करीब ९ महिनाअघि युरोएसिया क्षेत्रको लगानी फिर्ता लैजाने निर्णय गरेका थियो । सोहिअनुसार नेपालमा सञ्चालित मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व एक्सियटालाई विक्री गरेको हो । टेलियासोनेराले एसेललाई होल्ड गर्ने रोनोल्ड्स होल्डिङ्सको ६० दशमलव ४ प्रतिशत शेयर स्वामित्व १ अर्ब ३ करोड अमेरिकी डलरमा विक्री गरेको उल्लेख गरेको छ । त्यस्तै, टेलियासोनेराको स्थानीय साझेदार नेपाली लगानीकर्ता निरज गोविन्द श्रेष्ठको २० प्रतिशत शेयर स्वामित्व ४८ मिलियन अमेरिकी डलर (५ अर्ब ११ करोड रुपैयाँ)मा  नेपाली लगानीकर्ता भावना सिंह श्रेष्ठको सिंगापुपस्थित सोनिभेरा क्यापिटलमा गएको छ ।
टेलयासोनरा र एक्सिजायटाबीच डिसेम्बरमा भएको सम्झौतामा नेपालको उद्योग विभाग, नेपाल दूरसंचार प्राधिकरण, मलेसियन केन्द्रिय बैंक तथा एक्सिएटाका शेयरहोल्डरहरुको स्वीकृतिको अधीनमा रहने उल्लेख गरिएको थियो । तर, नेपालमा भने टेलियासोनेराले एनसेल विक्रीवापत पाउने लाभमा नेपालाई कर तिर्नपर्ने नपर्ने विषयमा अझै बहस जारी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL