Logo

एनसेलले ल्यायो सबैलाई उपहार योजना,बिहीवारदेखि लागु

एनसेलले ल्यायो सबैलाई उपहार योजना,बिहीवारदेखि लागु


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ‘एनसेलको बहार, सबैलाई उपहार’ नामक नयाँ योजना ल्याएको छ । जस अन्र्तगत एनसेलका ग्राहकले अब ९० दिनसम्म हरेक दिन आकर्षक उपहार पाउन सक्छन् ।

योजना बिहिबार बाट लागु भई ९० दिनसम्म संचालनमा रहने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले जानकारी दिए । योजनामा एनसेलका सम्पूर्ण नयाँ तथा पुराना प्रिपेड तथा पोष्टपेड ग्राहकले भाग लिई प्रत्येक दिन निश्चित डेटा प्याक, बोनस ब्यालेन्स, बोनस टक टाईम, रात्रि टक टाईम, बोनस एसएमएस र एमएमएस लगायतका मध्येबाट कुनै एक उपहार स्वरुप प्राप्त गर्न सक्नेछन् ।

एनसेलका ग्राहकले १७१२४ मा डायल गरी अथवा अंग्रजीको पहिलो अक्षर ‘ए’ टाईप गरी १७१२४ मा एसएमएस पठाई यो योजनामा निःशुल्क सहभागी हुन सक्छन् । सहभागी जनाए पछि ग्राहकले विविध उपहारहरु मध्ये एक उपहार हरेक दिन योजना अवधिभर लगातार पाउनेछन् ।

योजनामा रु ५० बोनस ब्यालेन्स, रु २५ बोनस ब्यालेन्स, रु १५ बोनस ब्यालेन्स, ९ एमबी डेटा, ६ एमबी डेटा, ५ मिनेट बोनस टक टाईम, १० बोनस एसएमएस र एमएमएस, रु १० रात्री टक टाईम बोनस, रु १० रात्री बोनस, ५ बोनस एसएमएसलगायत उपहारहरु रहेका छन् ।

यसरी प्राप्त हुने उपहार ग्राहकले त्यसै दिन अर्थात राती १२ बजेभित्र प्रयोग गरी सक्नुपर्ने छ । राती १२ बजे पछि अघिल्लो दिनको उपहार स्वतः सकिनेछ र सोही उपहार ग्राहकले फेरी अर्को २४ घण्टाका लागि मान्य हुने गरी पाउनेछन् ।

योजनामा सहभागी ग्राहकले पहिलो दिन प्राप्त गरेको उपहार योजना अवधिभर लगातार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्