Logo

७ सय ९६ कर्मचारीलाई स्वेच्छिक अवकास दिदै टेलिकम, आकर्षक रकम सहित विदा गरिने

७ सय ९६ कर्मचारीलाई स्वेच्छिक अवकास दिदै टेलिकम, आकर्षक रकम सहित विदा गरिने


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले ७ सय ९६ कर्मचारीलाई स्वेच्छिक अवकास दिने भएको छ । बुधबार सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको बोर्ड बैठकले यस्तो निणर्य गरेको हो ।

बैठकले आकर्षक रकमसहित स्वेच्छिक अवकाश दिने निर्णय गरेको बताइएको छ । अवकाश लिने कर्मचारीहरुलाई पेन्सन, बाँकी सेवा अबधिको रकम तथा उनीहरुले गरेको सेवाको मूल्यांकनसहित आकर्षक रकम सहित विदा गर्न लागिएको टेलिकमका सह प्रवक्ता डिल्ली अधिकारीले जानकारी दिए । ‘२५ बर्ष काम गरेका कर्मचारी कटौती गर्ने नीतिअनुसार पहिलो चरणमा ७ सय ९६ कर्मचारी कटौती गर्न लागिएको हो’ उनले भने ।

सेवा अवधि बढी बाँकी भएका स्वेच्छिक अवकाश लिने कर्मचारीहरुले बढीमा एक करोड रुपैयाँसम्म पाउने उनले जानकारी दिए । पहिलो चरणमा स्वेच्छिक अवकाश लिनका १ देखि ११औं तहसम्मका ८ सय बढी कर्मचारीलेले आवेदन दिएको बताइएको छ ।

नयाँ प्रविधि सँगसँगै काम गर्न पुराना कर्मचारीबाट सम्भव नुहने तथा पुरानालाई राजिखुशी अवकाश दिएमा नयाँ पुस्ताले काम पाउने भन्दै यस्तो निणर्य गरिएको हो ।

टेलिकममा प्रविधिका बारे जानकारी भएका जनशक्ति आवश्यक भएकोले नयाँ पुस्ता ल्याउन स्वेच्छिक अवकासको व्यवस्था गरिएको बताइएको छ ।टेलिकमले पहलो पटक ‘गोल्डेन हृयाण्डसेक’ सहित स्वेच्छिक अवकास योजना ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL